पत्रकारलाई ज्यान मार्ने धम्की दिएकोप्रति महासंघको आपत्ति | Khabarhub Khabarhub

पत्रकारलाई ज्यान मार्ने धम्की दिएकोप्रति महासंघको आपत्ति


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकार रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ध्यानाकर्षण गराएको छ। 

पत्रकार महासंघ ललितपुर शाखाका सदस्यसमेत रहेका पौडेललाई शुक्रबार  टेलफोनमार्फत फोन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै दादागिरी गरेको ललितपुर शाखाले विज्ञप्तिमार्फत जनाएको छ। 

समाचारको विषयलाई लिएर प्रसाईंले टेलिफोनमार्फत फोन गरी धम्की नदिएकोले महासंघले जनाएको हो। ९८०१०५२२२२ नम्बरबाट फोन गरेर पत्रकार पौडेललाई धम्की दिएको महासंघका सचिव रामहरि कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘भाइ तिमीले मेरो बारेमा धेरै समाचार बनायौ, तिमीले मलाई चिनेका छैनौँ, मसँग निहुँ खोज्नेलाई बाँकी राख्दिनँ, धेरैलाई मैले सिध्याएको छु, मलाई कसैले पनि जित्न सक्दैनन्, बुझ्यौ भाइ, मेरा पछाडि हजारौं मान्छे छन्, भाइ तिम्रो सुरक्षा कसले गर्न सक्छ?’

समाचारमाथि चित्त नबुझे कानुनी कारबाहीमा जाने बाटो हुँदाहुँदै प्रसाईंले ज्यान मार्ने धम्की दिने शक्ति कहाँबाट पाएरु भन्दै महासंघले सम्बन्धित निकायसँग यसको जवाफ समेत माग गरेको छ। 

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ४ : ०५ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।