धादिङका दुई तिहाई खेतमा अझै भएन रोपाइँ | Khabarhub Khabarhub

धादिङका दुई तिहाई खेतमा अझै भएन रोपाइँ


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – असारको अन्तिम दिनसम्म धादिङका दुई तिहाइ खेतमा रोपाइँ हुन सकेको छैन । धान बालीको पकेट क्षेत्र मानिएको फाँटहरुमा अघिल्लो बाली पाकिनसकेका कारण रोपाइँ हुन नसकेको हो ।

यो वर्ष असार मसान्तसम्म ३५ प्रतिशतमा मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले जानकारी दिए । वर्षात ढिला भएको र चैते धान र मकै पाकिनसकेको कारण रोपाइँ ढिलो भएको शर्माको भनाइ छ ।

खोलाको पानी लाग्ने खेतमा भर्खर मात्रै रोपाइँको रौनकले छोएपनि टारी खेतमा मकै पाकेकै छैन । “मनसुनका लागि चैते धान रोपाइँ नै ढिलो भयो । त्यसैले मकै ढिला लगाइयो”, कृषि प्रसार अधिकृत शर्माले भने, “अहिले टारी खेतमा चैते धान र मकै दुवै भित्र्याउने बेला हुँदैछ, त्यसले पनि यो वर्ष रोपाइँ ढिलो भएको हो ।”

धादिङमा वार्षिक ५० हजार मेट्रिकटन वर्षे धान र २० हजार मेट्रिकटन चैते धान उत्पादन हुँदै आएको छ । विशेष गरी कम उचाइ भएका ठाउँका किसानले मकवानपुर १, सावीत्री, सुख्खा १, २, ३, ४, ५ रामधान जस्ता धान लगाउने गरेका छन् । बढी उचाइ भएका ठाउँका किसानले खुमल ४, खुमल १०, हर्दिनाथ १, हर्दिनाथ २, सुमलचार, खुमल ११, गोरखनाथ, वायोसिट जातका धान लगाउँदै आएका छन् ।

जिल्लाको नीलकण्ठ नगरपालिका, सल्यानटार, गजुरी, नौविसे, जीवनपुर, गोगनपानी, कल्लेरी, ज्यामरुङ, सांकोष, त्रिपुरेश्वर, मार्पाक र दार्खा धान खेती हुने पकेट क्षेत्र मानिँदै आएको छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  १० : ०९ बजे

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता

म्यानमाको राखिनमा हवाई आक्रमण, १२ जनाको मृत्यु

एजेन्सी – म्यानमाको पश्चिमी राखिन राज्य अन्तर्गतको मराउक यू नगरमा

गुडिरहेको अटो दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

नवलपरासी – देवचुली नगरपालिका-६ मा सामान बोक्ने अटो दुर्घटना हुँदा