रणनीतिक क्षेत्रका साथै दिगो विकासमा सहयोग बढाउन भारत र फ्रान्स सहमत « Khabarhub

रणनीतिक क्षेत्रका साथै दिगो विकासमा सहयोग बढाउन भारत र फ्रान्स सहमत


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस- भारत र फ्रान्स रणनीतिक क्षेत्रका साथै दिगो विकासमा सहयोग बढाउन सहमत भएका छन् । दुवै देशले अन्तरिक्ष र विज्ञानका क्षेत्रमा पनि संस्थागत स्तरमा सहयोग बढाउन सहमति जनाएका छन् । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा नरेन्द्र मोदीको दुईदिने पेरिस भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौता भएका छन् ।

रणनीतिक सहयोगको क्षेत्रमा इन्डियन आयल कर्पोरेशन लिमिटेड र टोटल इनर्जी ग्यास एण्ड पावर लिमिटेड (टोटल एनर्जी) बीच दीर्घकालीन तरल प्राकृतिक ग्यास (एलएनजी) बिक्री र खरिद सम्झौता (एसपीए) स्थापनाको सम्झौता भएको छ । वैज्ञानिक सहयोगको क्षेत्रमा नेशनल इन्स्टिच्युट अफ ओशन टेक्नोलोजी, पृथ्वी विज्ञान मन्त्रालय चेन्नइ र इन्स्टिच्युट फ्रान्सिस डे रिसर्च पोर ले एक्सप्लोरेसन डे ला मेरबीच वैज्ञानिक एवम् प्राविधिक विशेषज्ञताको आदान प्रदानसहितका सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्तारक्षर भएको छ ।

त्यसैगरी, स्वास्थ्य र औषधिको क्षेत्रमा सहयोगको लागि आशय पत्र जारी गरिएको छ भने सहयोगका क्षेत्रहरूमा डिजिटल स्वास्थ्य, स्वास्थ्य सेवाका लागि ‘एआई,’ चिकित्सा फोहोर प्रशोधन प्रविधि, बायोटेक्नोलोजी, एन्टिमाइक्रोबियल प्रतिरोधविरुद्ध लड्न चिकित्सकहरूको आदानप्रदान र प्रशिक्षणललायत विषय त्यसमा समावेश गरिएको छ ।

अन्तरिक्ष विज्ञानमा सहयोग अभिवृद्धि, डिजिटल प्रविधिको क्षेत्रमा संस्थागत सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमाका साथै नागरिक उड्डयनको क्षेत्रमा प्राविधिक सहयोग गर्नेसम्बन्धी एमओयुमा पनि हस्ताक्षर भएको छ । यसैबीच, प्रधानमन्त्री मोदी र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँबीच शुक्रबार भएको भेटवार्तामा भारत र फ्रान्सबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने सहमति भएको छ ।

साझा मूल्य, सार्वभौमसत्ता र रणनीतिक स्वायत्ततामा विश्वासमा आधारित दुई देशबीचको सम्बन्ध अन्तररायष्ट्रिय कानून र संयुक्त राष्ट्रसङ्घको बडापत्रप्रति अटल प्रतिबद्धता, बहुपक्षवादमा अटल विश्वास र स्थिर बहुध्रुवीय विश्वको साझा खोजलाई दुवै नेताले जोड दिएका थिए ।

दुवै नेताले रणनीतिक साझेदारीका विगत २५ वर्षमा भएका द्विपक्षीय सहयोगका हरेक क्षेत्रमा भएको रूपान्तरण र विस्तारको समीक्षा गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ६ : ११ बजे

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

सुदूरपश्चिम– माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको

मनसुन प्रभाव, तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौं– हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी

पेपेको दुई गोलमा विश्वकप इतिहासमै पहिलो पटक आइभोरी कोस्ट अन्तिम ३२ मा

काठमाडौँ – निकोलस पेपेको उत्कृष्ट दुई गोलको मद्दतले क्युरासाओलाई पराजित