दार्चुलामा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै « Khabarhub

दार्चुलामा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– दार्चुला जिल्ला अदालतमा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै गएको छ । विगत दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको एक  महिनामा उक्त रहेका सम्बन्धविच्छेदका मुद्दाको तथ्याङ्कले त्यस्ता मुद्दाको सङ्ख्या बढ्दै गएको देखाएको हो । गत आर्थिक वर्षमा अदालतमा दर्ता भएका मुद्दाहरुमध्ये २४ दशमलव ८७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदसम्बन्धी थिए भने चालु आर्थिक वर्षको एक महिनामा यस्ता मुद्दाको प्रतिशत ३६ दशमलव ३६ प्रतिशत पुगेको छ ।

गत आर्थिक वर्षमा दर्ता भएका दुई सय पाँचमध्ये ५१ मुद्दा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा रहेको अदालतका सूचना अधिकारी गणेशबहादुर बिष्टले जानकारी दिएका छन्। उनका अनुसार गत आर्थिक वर्षमा ४६ मुद्दा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका हुन् भने पाँच मुद्दा नयाँ रहेका छन् । त्यस्तै   चालु आर्थिक वर्षको दुई महिनामै आठ नयाँ मुद्दा दर्ता भएका छन् ।

चालु आर्थिक वर्षको  दुई महिनामा आठ नयाँ र १३ गत वर्षबाट जिम्मेवारी सरी आएका गरी २१ सम्बन्ध विच्छेदका मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको  सूचना अधिकारी विष्टले बताए । आव २०७८-७९ मा भने सम्बन्धविच्छेदसम्बन्धी ४७ मुद्दा थिए । गत वर्ष एकजोडीले मुद्दा फिर्ता लिएकै दोस्रो दिन पुनः सम्बन्धविच्छेदका लागि निवेदन दिएर सम्बन्धविच्छेद गराएका थिए । सम्बन्धविच्छेदका लागि  पुरुषभन्दा महिलाहरूले बढी मुद्दा दिएको पाइएको छ ।

अदालतका अनुसार आव २०७९-८० मा अभिलेख कायम गरिएका ४९ सम्बन्धविच्छेदका मुद्दाहरुमध्ये ६५ प्रतिशतभन्दा बढी (३३जना) महिलाहरुका तर्फबाट उजुरी परेका थिए भने पुरुषहरूको सङ्ख्या १६ मात्रै रहेको  थियो । 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १ : ४२ बजे

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा