मुगुमा भएको जीप दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त | Khabarhub Khabarhub

मुगुमा भएको जीप दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले मुगुमा भएको जीप दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी मुगु जिल्लाको सोरुकोटबाट गमगढी जाँदै गरेको ज १ च ७७७२ नम्बरको जीप सोमबार दिउँसो सोरु गाउँपालिकामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएकोप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।

दुर्घटनामा परी चार जना सख्त घाइते भएका छन् । कांग्रेसले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

कांग्रेसले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग मागसमेत गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ३ : ५४ बजे

हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी

काठमाडौँ– सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि

स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुरा के हुन् ?

‘आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ’ भन्ने भनाइ हामीले

एसियाड महिला फुटबल : नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दै

काठमाडौं– १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल

शिक्षा विधेयकका बारेमा अखिल क्रान्तिकारीले सडक अन्तरक्रिया गर्ने

काठमाडौं– अखिल क्रान्तिकारीले शिक्षा विधेयकका बारेमा सडक अन्तरक्रिया गर्ने भएको

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज असोज ५ गते शुक्रबारका