दक्षिणपन्थी सरकार बनाउन उहिले माधव नेपालले मलाई पार्टीबाट निकाल्ने षडयन्त्र गरे : ओली « Khabarhub

दक्षिणपन्थी सरकार बनाउन उहिले माधव नेपालले मलाई पार्टीबाट निकाल्ने षडयन्त्र गरे : ओली


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी सरकार बनाउन आफूलाई पार्टीबाटै निकाल्ने षडयन्त्र भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालीन अवस्थामा पार्टीको वरिष्ठ नेता हुँदाहुँदै माधव नेपालले आफूलाई पार्टीबाट निकाल्ने षडयन्त्र गरेको र दक्षिणपन्थी सरकार बनाउन खोजेको बताएका हुन् ।

आफूलाई पार्टीबाट निकाल्ने षडयन्त्र असफल भएपछि माधव नेपालले प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाउन मद्धत गरेको उनले बताए । दुई तिहाइ कम्युनिस्ट पार्टीको सरकार ढालेर पार्टीमा बसेर सरकार गिराउन भोट दिएको ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले वामपन्थी चिन्तनलाई अहिले यथास्थीतिवादी प्रतिकृयावादीहरुले सुन्न पनि नचाहेको बताए । साइनबोर्ड वामपन्थी राखेर स्वार्थ बोकेकाहरुले दक्षिणपन्थी झोला बोकेको उनले टिप्पणी गरे ।

कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बिभिन्न दलबाट आएका नेता तथा कार्यकर्तालाई पार्टीको बिचार र बुझाइमा एकरुपता ल्याउन चुनौती रहेको भन्दै प्रशिक्षणमार्फत यसलाई समाधान गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ५ : ४१ बजे

जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु

एजेन्सी– दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र

निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो

काठमाडौं– नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा

बाढीबारे थाहा नदिएको आरोपबारे चिनियाँ दूतावासको स्पष्टीकरण, ‘महत्त्वपूर्ण सूचना नेपाललाई समयमै दिएका छौं’

काठमाडौं– रसुवाको हिमाली क्षेत्रमा आएको पहिरो तथा बाढीको जोखिमबारे नेपाललाई

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत