दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा कित्ताकाट खुल्ला गर्ने गरी भू-उपयोग नियमावली पारित गर्ने सरकारको निर्णय, महरा बाबुछोरामाथि छानबिन हुने प्रधानमन्त्रीकाे दाबी, गृहले गर्‍यो चार जिल्लाका प्रजिअको सरुवा, कक्षा १२ मा ५० दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण, प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे बालेन,  स्वास्थ्यमन्त्री बस्नेत भारत प्रस्थान, वामपन्थी एकता हुन नदिन ममाथि षडयन्त्र भयो : महरा एमाले अध्यक्ष केपी ओली र असन्तुष्ट नेता भीम रावलबीच भेटवार्ता, बुधबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक सर्‍योलगायतका समाचारले प्रमुख स्थान पाए । 

कित्ताकाट खुल्ला गर्ने गरी भू–उपयोग नियमावली पारित गर्ने सरकारको निर्णय

सरकारले रोकिएको कित्ताकाट खुल्ला गर्ने गरी भू–उपयोग नियमावली पारित गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले रोकिएको कित्ताकाट, नामसारी लगाएत सवै काम फुकाउने गरि भू–उपयोग नियमावली पारित गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । नियमावली पारितभएसंगै कित्ताकाटमा देखिएका अप्ठेरा र झमेलाबाट मुक्त भई सहज रुपमा काम अघि बढ्ने उनले बताए ।

गृहले गर्‍यो चार जिल्लाका प्रजिअको सरुवा

गृह मन्त्रालय चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले आज चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरेको हो ।

सप्तरीका प्रजिअ भूपेन्द्र थापालाई चितवन सरुवा गरिएको छ । चितवनका प्रजिअ सुरेन्द्र पौड्याललाई नुवाकोट पठाइएको छ । मन्त्रालयले नुवाकोटका प्रजिअ किरण थापालाई सप्तरी सरुवा गरेको छ ।

महरा बाबुछोरामाथि पनि छानबिन हुन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि पनि छानबिन हुने बताएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरुसँगको कुराकानीका क्रममा प्रधानमन्त्री प्रचण्डले सुन तस्करी काण्डमा संलग्न रहेको आरोप लागेका महरा बाबुछोरामाथि छानबिन हुने बताएका हुन् ।

बुधबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक सर्‍यो

बुधबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक सरेको छ । बुधबार दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक ५ भदौ मंगलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी सारिएको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे बालेन, डेढ घण्टा छलफल
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

लामो समयदेखि संघीय सरकारसँग असन्तुष्ट रहँदै आएका मेयर बालेनले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

कांग्रेस सांसद डा. शर्माको प्रमाणपत्र छानबिनको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन
नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको प्रमाणपत्र छानबिनको माग राख्दै नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको एक समूहले काठमाडौंमा प्रदर्शन गरेको छ ।

सुनिल शर्माको प्रमाण पत्र नक्कली भएको भन्दै छानबिनको माग गर्दै अखिल क्रान्तिकारीको पवन कार्की समूहले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरको हो । प्रदर्शनकारीले शर्मालाई कारवाही गर्न समेत माग गरेका छन् ।

एमाले अध्यक्ष केपी ओली र असन्तुष्ट नेता भीम रावलबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीका असन्तुष्ट नेता भीम रावलबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीको सचिवालय बालकोटले सामाजिक सञ्जालमा रावलसँगको तस्वीर राख्दै दुई जनाबीच भेटवार्ता भएको जनाएको हो । पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा ओली र रावलबीच प्रतिस्पर्धा भएको थियो । त्यसयता रावल र ओलीबीचको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको छ ।

स्वास्थ्यमन्त्री बस्नेत भारत प्रस्थान
भारतमा आयोजना हुने क्षयरोगसम्बन्धी सम्मेलनमा सहभागी हुन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

भारतको गुजरातमा आयोजना हुने क्षयरोगसम्बन्धी डब्लुएचओको सम्मेलनमा सहभागी हुन स्वास्थ्यमन्त्री बस्नेत मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।

कक्षा १२ मा ५० दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज अपराह्न बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो । नतिजा सार्वजनिक गर्न आज साँझ आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले करिब ५० दशमलव ०९ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको जानकारी दिए ।

वामपन्थी एकता हुन नदिन ममाथि षडयन्त्र भयो: महरा
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले वामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र भएको बताएका छन् ।

मंगलबार दाङको घोराहीमा सञ्चारकर्मीसँग कुरा गर्दै महराले सबै वामपन्थी शक्तिलाई एक बनाउनका लागि आफूले भूमिका खेल्दा प्रहार भएको बताएका हुन् ।

बरामद भएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले भन्सार कार्यालयबाहिरबाट बरामद भएको सुन ६० किलो ७१६ ग्राम रहेको जनाएको छ ।

मंगलबार महाशाखामा सुनलाई पूर्णरुपमा गाल्दै जर्ती निकालेर जोख्दा ६० किलो ७१६ ग्राम तौल भएको हो ।

सुन गालिएपछि महाशाखाका निर्देशक थानेश्वर आचार्यले सुन तस्करी काण्डमा टक्सारमा ल्याँउदा १५५ किलो भएकोमा ब्रेक सु र कार्टुनबाट निकाल्दा ६० किलो ७७९ ग्राम भएको र गालेपछि ६० किलो ७१६ ग्राम तौल आएको जानकारी दिए ।

एमालेद्वारा कर्णालीमा प्रदेशसभा बैठक अवरुद्ध
कर्णाली प्रदेशसभाको मंगलबार बसेको बैठक अवरुद्ध भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले संसदमा जवाफ नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध गरेको हो ।

सोमबार बसेको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले दुईवटा विषयमा समस्या समाधानको योजनासहित मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग राखेका थिए ।

अर्थतन्त्रबारे सकारात्मक धारणा बन्नुपर्छ : अर्थमन्त्री
अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधारै हुँदै गए पनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको बताएका छन् ।

आन्तरिक राजस्व विभागले आज यहाँ आयोजना गरेको ‘व्यवस्थापन गोष्ठी २०८०’ को उद्घाटनमा अर्थमन्त्री डा महतले निजी क्षेत्रमा नकारात्मकता हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनासँग थाई नेपाली सङ्घका पदाधिकारीको भेट

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग थाई नेपाली सङ्घ थाइल्याण्डका पदाधिकारीले गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह गरेका छन् ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा थाइल्याण्डमा बसोबास गर्ने नेपालीभाषी थाई नागरिकलाई गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेको अध्यक्षको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ९ : ०२ बजे

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा