साइप्रस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ | Khabarhub Khabarhub

साइप्रस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदेशिक रोजगारीको लागि साइप्रस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका घर भइ हाल ललितपुरको मंगलबजार बस्ने ३२ वर्षीया चेतना श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

साइप्रस जान १५ लाख ६५ हजार रुपैयाँ लाग्छ, त्यहाँ पुगेपछि कृषि फार्ममा काम लगाइदिन्छु, मासिक एक लाख ५० हजार रुपैयाँभन्दा धेरै तलब हुन्छ भनी प्रलोभनमा पारेर श्रेष्ठले ठगी गरेको प्रहरीले जनाएको छ ।

पीडितबाट पटकपटक गरी ७ लाख ५० हजार रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागबाट श्रेष्ठलाई पक्राउ गराइदिन पत्राचार भएका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोली उनलाई मंगलबजारबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ७ : २९ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ