नुवाकोटको किस्पाङमा डिप्लोमा तहको स्वास्थ्य शिक्षा पढाइ हुँदै | Khabarhub Khabarhub

नुवाकोटको किस्पाङमा डिप्लोमा तहको स्वास्थ्य शिक्षा पढाइ हुँदै


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धनमा नुवाकोट जिल्लामा पहिलोपटक स्थानीय सरकारबाट सञ्चालन गर्ने गरी किस्पाङ गाउँपालिकामा सामान्य चिकित्सा (एचए) र ‘डिप्लोमा इन फार्मेसी’ का लागि आवेदन खुलेको छ ।

चिकित्सा शिक्षा आयोगको सहमतिमा यही असोज २२ गते परिषद्ले विज्ञटोलीसहित सम्भाव्यता अध्ययन र पूर्वाधार निरीक्षण गरी सम्बन्धन दिने निर्णय गरेसँगै असोज २३ गते परिषद्को परीक्षा नियन्त्रण कार्यालयले किस्पाङ बहुप्राविधिक शिक्षालयका नाममा सूचना जारी गरी दुवै कार्यक्रमतर्फ ४०¬–४० विद्यार्थी कोटा निर्धारण गरेर भर्नाको अनुमति दिएको हो ।

बागमती प्रदेशमा यी कार्यक्रमतर्फ सम्बन्धन र कोटा पाउने गाउँपालिकामध्येमै किस्पाङ गाउँपालिका पहिलो भएको छ । सो शिक्षालय जिल्लाको उत्तरी भेग तथा दुर्गम गाउँ किस्पाङ गाउँपालिका–३ ऐँसेलुमा रहनेछ ।

गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा सो गाउँपालिकाले गाउँसभामार्फत रु दुई करोड बजेट सुनिश्चित गरेर मुनाफारहित किस्पाङ बहुप्राविधिक शिक्षालय स्थापना गरी ‘सामान्य चिकित्सा’ र ‘डिप्लोमा इन फार्मेसी’ कक्षा सञ्चालन गर्न माग गरेको थियो ।

परिषद्ले यसअघि प्रवेश परीक्षामा सहभागी भएर उत्तीर्ण भइ वैकल्पिक सूचीमा रहेका विद्यार्थीलाई भर्नाका लागि आह्वान गरेको छ भने कोटाअनुसारको भर्ना नभएलगत्तै दोस्रो प्रवेश परीक्षा गराउने जनाएको छ ।

गाउँपालिकाले शिक्षण अनुमति प्राप्त गरेसँगै कम शुल्कमा गुणस्तरीय प्राविधिक शिक्षा दिने लक्ष्यका साथ तीन वर्षका लागि एकमुष्ट रु एक लाख ९५ हजार शुल्क तोकेको छ । तीन वर्षको शुल्क एकमुष्ट तोकिए पनि तीन किस्तामा तिर्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाले बताए।

उक्त कार्यक्रमका लागि निजी शैक्षिक संस्थाले ‘सामान्य चिकित्सा’ का लागि पाँच लाख र ‘डिप्लोमा इन फार्मेसी’ का लागि रु चार लाख शुल्क लिने गरेका छन् । उक्त गाउँपालिकाले ‘प्राविधिक तथा उत्पादनमूलक शिक्षाः समृद्ध किस्पाङको इच्छा’ नारा पारित गरी कार्यान्वयन गर्दै आएको र प्राविधिक शिक्षालाई निरन्तरता र उत्पादनमूलक शिक्षालाई जोड दिएको छ ।

स्थानीय पाठ्यक्रम निर्माण, स्वास्थ्य सहायक, फार्मेसी र जडीबुटी शिक्षा प्राथमिकतामा राखेको उपाध्यक्ष अर्जुन न्यौपानेले बताए । सो गाउँपालिकाका स्वास्थ्यसेवाका अधिकृत विनोद न्यौपानेले तीन वर्षको प्रयासपछि दुर्गम गाउँमा सुलभ मूल्यमा यस प्रकारको प्राविधिक शिक्षा उपलब्ध हुनुले कम आय भएका विद्यार्थीका लागि विशेष अवसर हुने बताए ।

पर्यटनको प्रचुर सम्भावना बोकेको किस्पाङ अब प्राविधिक शिक्षाको केन्द्र पनि बन्ने स्थिति बनेको छ । नुवाकोट जिल्लाको साविक गाविस साल्मे, भाल्चे, काहुले, फिकुरी र मनकामना मिलेर किस्पाङ गाउँपालिका बनेको हो ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ८ : ४४ बजे

जाग्राम बसेर देश विकास हुने हो प्रधानमन्त्रीज्यू ?

७२ वर्षीय बयोवृद्ध निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई उछिन्दै ७३ वर्षीया

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र

वर्तमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प छैन : कांग्रेस नेता शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो

एमालेले तत्काल ओलीको विकल्प नखोज्ने, आन्दोलनमा पनि नजाने

काठमाडौँ- सम्भवत: विश्वकै छोटो आन्दोलनमार्फत् सत्ताबाट अप्रत्यासित बहिर्गमनमा परेको नेकपा

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ