भाइटीकामा किन ओखर, मखमली र सप्तरङ्गी टीका अनिवार्य चाहिन्छ ? « Khabarhub

भाइटीकामा किन ओखर, मखमली र सप्तरङ्गी टीका अनिवार्य चाहिन्छ ?


२९ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

आज भाइटीका सबै जना भाइटीकाको तयारीमा लाग्नु भएको होला । भाइटीकामा छुट्टाउने नहुने केही कुराहरू छन् । जसमा बिमिरो, ओखर, सप्तरङ्गी टीका, भाइ मसला र मखमलीको माला । यी सामग्री तिहारमा किन महत्वपूर्ण मानिएका छन् त आज हामी यसैको बारेमा चर्चा गर्नेछौँ ।

भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबो, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख–समृद्धि, आरोग्य एवं दीर्घायुको कामना गर्छन् ।

ओखर र बिमिरो

तिहारमा अष्ठदल कमल पत्रमा लेखिएको थालमा यमराजको प्रतीक बिमिरो र ओखर राख्ने र पूरा गर्ने चलन छ। तिहारमा भाइटीका लगाउँदा नभई नहुने कुरा हुन्, ओखर र बिमिरो । भाइटीका लगाउँदा दिदीबहिनीले दाजुभाइको दुख कष्ट फोडेर फालेको प्रतीकस्वरुप ओखर फुटाउने प्रचलन छ । यसरी ओखर फुटाउँदा दाजुभाइको कालको बाटो छेकिने विश्वास गरिन्छ । भाइटीकामा ओखर फुटाउनु र अमिलोको पूजा गर्नुले नकारात्मक शक्तिहरू आफ्ना माइतीबाट टाढै रहुन् भन्ने पनि धार्मिक विश्वास छ ।

मखमलीको माला

भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दुबोको मालाको छुट्टै महत्व छ। मखमली कहिल्यै ओइलाउँदैन, यो पृथ्वीमा धेरै फूल फुल्छन् तर कोहीको आयु एक घण्टाको मात्र पनि हुन्छ । त्यसैले लामो आयुलाई यसले प्रतिबिम्बित गर्दछ । सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन । मखमली माला र दुबो कहिल्यै नओइलाउने र तेल कहिल्यै नसुक्ने भएकाले तिहारमा तेलको तीन पटक फेरा हालेर आफ्ना दाजुभाइ पनि अजम्बरी हुन् भन्ने मनोकाङ्क्षालाई प्रतिबिम्बित गर्दछ ।

सप्तरङ्गी टीका

तिहारमा दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । सप्तरङ्गी टीकामा भावना मिसिएको छ । सप्तरङ्गी टीका लगाउँदा दाजुभाइप्रतिको प्रेम रङजस्तै गाढा तथा निरोगी भइरहने विश्वास गरिन्छ । तिहारमा अष्टचिरिञ्जीवी तथा लक्ष्मीपूजा गर्दा पनि अबिर–केसरी आवश्यक हुन्छ । त्यसैले सप्तरङ्गी रंगहरु देख्दा हामीलाई तिहारको सम्झना आउने गर्छ ।

भाइ मसला

तिहारमा विशेष गरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखन लगायतका मसाला (भाइ मसला) दिने चलन छ । दाजुभाइका लागि दिइने मसालाहरू स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छ । तिहारमा प्रयोग हुने भाइ मसालाको प्रयोगले शारीरिक विकासका साथै रोगसित लड्न सक्ने क्षमता समेत वृद्धि गर्ने साथै कोलेस्ट्रोल समेत नियन्त्रण गर्दछ ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ६ : ४० बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक