देउसी भैलोमा तामाङ सेलो, नेवारी र साकेला नाच « Khabarhub

देउसी भैलोमा तामाङ सेलो, नेवारी र साकेला नाच


२९ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङमा तिहारको अवसरमा देउसी भैलोको रौनकता छ । तिहारमा खेलिने देउसी भैलोका गीत गाउँ–गाउँमा गुन्जिरहेका छन् । बागलुङ बजारका चोक–चोकमा देउसी भैलोका गीत गुन्जिरहेका छन् ।

पछिल्लो समय देउसी भैलोमा पश्चिमा संस्कृति भित्रिएसँगै देउसी भैलोको मौलिकता हराउँदै गएको गुनासो बढिरहेको छ । रेडर्क गरिएका आधुनिक गीतले देउसी भैलोको मौलिकता र संस्कृति मासिदै गएको सन्दर्भमा यहाँको एक पुरानो सामुदायिक विद्यालयले सञ्चालन गरेको देउसी भैलो कार्यक्रमले भने नेपालको हिमाल, पहाड र तराईसम्मको संस्कृति झल्काएको छ ।

बागलुङ बजारस्थित विद्यामन्दिर माध्यमिक विद्यालयले नेपालका जातजाति र भाषा संस्कृतिलाई समेटेर भैलो देखाउन थालेको छ । विपन्न विद्यार्थीलाई कापी, कलम र खाजाको जोहो गर्नका लागि विद्यार्थी कल्याण कोष स्थापना गर्ने उद्देश्यले सञ्चालन गरिएको देउसी भैलो कार्यक्रममा सबै भाषा, धर्म र संस्कृतिलाई समेटिएका नाचगान प्रस्तुत गरिएको छ ।

देउसी भैलोमा तामाङ सेलो, थारू नाच, नेवारी नाच र साकेला नाचदेखि यानिमाया र सालैजो उनीहरूकै वेशभूषामा सजिएर नितृ देखाउँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले बताउए ।

“कला संस्कृतिको संरक्षण र विपन्न विद्यार्थीका लागि शैक्षिक सामग्री र खाजा खर्च जुटाउन कार्यक्रम आयोजना गरेका हौँ”, उनले भने, “पहाडको तामाङ संस्कृति, तराईको थारू र पहाडको आदिवासी जनजाति र नेवारी संस्कृतिलाई देउसी भैलोमा देखाउन थालिएको छ ।”

विसं १९९७ मा स्थापना गरिएको धवलागिरिकै जेठो विद्यालय विद्यामन्दिरमा अध्ययनरत गरिब, मजदुर तथा श्रमिकका बालबालिकालाई शिक्षा दिन, असहाय बालबालिकाको कल्याणको लागि स्थायी कोष सञ्चालन गर्न र विद्यालयलाई शैक्षिक हब बनाउन देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको प्रधानाध्यापक छविरमण शर्माले जानकारी दिए । विद्यालयमा हाल एक हजार तीन सय विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ८ : २० बजे

खाँदबारीमा सेकाहा महोत्सव सुरु

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु

बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिमा उत्रिँदै गर्दा झापा

ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका

काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार