टाइगर ३ मन्डे टेष्टमा सुपरहिट | Khabarhub Khabarhub

टाइगर ३ मन्डे टेष्टमा सुपरहिट


२९ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सलमान खान र कट्रिना कैफ अभिनीत टाइगर ३ मन्डे टेष्टमा पास मात्रै होइन सुपरहिट साबित भएको छ । रिलिजको पहिलो सोमबार फिल्मले ५७ करोड ५० लाख रुपैयाँ कमाएको छ ।

यो कमाई शाहरुख खानको पठान र जवान र दक्षिण भारतीय सुपरस्टार प्रभासको बाहुबली २ को हिन्दी संस्करणले पहिलो सोमबार कमाएको भन्दा धेरै हो ।

पहिलो दिनको कारोबारमा फिल्मले ४४ करोड ५० लाख रुपैयाँ मात्रै कलेक्शन गरेको थियो । दुई दिनको कारोबारमा फिल्मले १ अर्ब २ करोड रुपैयाँ कमाएको छ ।

यो वर्ष अहिलेसम्मको अवधिमा दोस्रो दिनको कारोबारमा टाइगर ३ जवान र गदर २ लाई समेत उछिनेर दोस्रो धेरै कमाउने फिल्म बनेको छ । पठानको दोस्रो दिनको कमाइ ७० अर्ब ५० करोड रुपैयाँ थियो । जवान र गदर २ ले रिलिज भएको दोस्रो दिनमा ५३ करोड र ४३ करोड ८० लाख रुपैयाँ कमाएका थिए ।
टाइगर ३ यही रफ्तारमा अगाडि बढ्यो भने यो सलमान र कट्रिनाको सबैभन्दा ठुलो फिल्म बन्ने देखिन्छ । जोयाको भूमिकामा कट्रिनाले पनि राम्रो रेस्पोन्स पाइरहेकी छिन् । इमरान हाशमीलाई खलनायकको रुपमा पनि दर्शकले मन पराएका छन् । फिल्ममा शाहरुख खानको क्यामियो पनि छ ।
स्रोत एएनआइ

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ५ : ५१ बजे

त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले सुनसहित पक्राउ परेका

माधव नेपालको पार्टी २०८३ भदौसम्म फुटाउन नपाइने

काठमाडौं – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी फुटिसकेपछि राजनीतिक

रारा कप कबड्डीको उपाधि सुर्खेतलाई

सुर्खेत– कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल मुगुको राराताल किनारमा सम्पन्न

जलाधार अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दायर

धनगढी– कैलालीका जलाधार अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। राष्ट्रपति

सहकारी प्रकरणमा रवि र गगनको दोहोरी, दिए एकअर्कालाई चुनौती

काठमाडौं- शुक्रबारको संसद् बैठकका क्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा