टाइगर ३ मन्डे टेष्टमा सुपरहिट « Khabarhub

टाइगर ३ मन्डे टेष्टमा सुपरहिट


२९ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सलमान खान र कट्रिना कैफ अभिनीत टाइगर ३ मन्डे टेष्टमा पास मात्रै होइन सुपरहिट साबित भएको छ । रिलिजको पहिलो सोमबार फिल्मले ५७ करोड ५० लाख रुपैयाँ कमाएको छ ।

यो कमाई शाहरुख खानको पठान र जवान र दक्षिण भारतीय सुपरस्टार प्रभासको बाहुबली २ को हिन्दी संस्करणले पहिलो सोमबार कमाएको भन्दा धेरै हो ।

पहिलो दिनको कारोबारमा फिल्मले ४४ करोड ५० लाख रुपैयाँ मात्रै कलेक्शन गरेको थियो । दुई दिनको कारोबारमा फिल्मले १ अर्ब २ करोड रुपैयाँ कमाएको छ ।

यो वर्ष अहिलेसम्मको अवधिमा दोस्रो दिनको कारोबारमा टाइगर ३ जवान र गदर २ लाई समेत उछिनेर दोस्रो धेरै कमाउने फिल्म बनेको छ । पठानको दोस्रो दिनको कमाइ ७० अर्ब ५० करोड रुपैयाँ थियो । जवान र गदर २ ले रिलिज भएको दोस्रो दिनमा ५३ करोड र ४३ करोड ८० लाख रुपैयाँ कमाएका थिए ।
टाइगर ३ यही रफ्तारमा अगाडि बढ्यो भने यो सलमान र कट्रिनाको सबैभन्दा ठुलो फिल्म बन्ने देखिन्छ । जोयाको भूमिकामा कट्रिनाले पनि राम्रो रेस्पोन्स पाइरहेकी छिन् । इमरान हाशमीलाई खलनायकको रुपमा पनि दर्शकले मन पराएका छन् । फिल्ममा शाहरुख खानको क्यामियो पनि छ ।
स्रोत एएनआइ

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ५ : ५१ बजे

पोखरा–दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

गण्डकी– फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई

कांग्रेस महाधिवेशन : चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चार प्रदेशबाट केन्द्रीय सदस्य

प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा

दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

उदयपुर– दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर

नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने

काठमाडौं – नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा