संसदीय समितिले गर्‍यो सर्वोच्चका प्रस्तावित न्यायाधीशहरु सुवेदी र मुसलमानको सुनुवाइ « Khabarhub

संसदीय समितिले गर्‍यो सर्वोच्चका प्रस्तावित न्यायाधीशहरु सुवेदी र मुसलमानको सुनुवाइ


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसदीय समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरु शारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानको सुनुवाइ गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरु सुवेदी र मुसलमानको सुनुवाइ गरेको हो ।

सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीश शारङ्गा सुवेदीले न्यायको प्रत्याभूति दिन पहल गर्ने प्रतिबद्धता जनाइन् । हजारौंको संख्यामा मुद्दाको फछर्यौट गर्दा केही मान्छे असन्तुष्ट हुनु स्वाभाविक रहेको भन्दै उनले यसबाट अदालत प्रभावित भयो भनेर बुझ्न नहुने जिकिर गरिन् । त्यस्तै, उनले न्यायपालिकाको रणनीतिक योजनाको निर्माण तथा सफल कार्यान्वयनमा आफ्नो ज्ञान, अनुभवका आधारमा यथाशक्य योगदान पु¥याउने धारणा राखिन् ।

त्यस्तै, सर्वोच्च अदालतका अर्का प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमानले न्यायपालिकाले प्राप्त गरेको स्रोत साधनभित्र रही आफ्नो सेवा प्रवाहमा कुनै कमी कमजोरी हुन नदिने प्रतिबद्धता जनाए । न्यायपालिका स्वतन्त्र, निष्पक्ष, पारदर्शी बनाउनु न्यायपालिका र यसभित्र कार्यरत न्यायाधीशको कर्तव्य भएको उनको भनाइ छ ।

न्यायपरिषदले मङ्सिर ५ गते उच्च अदालतका चार न्यायाधीश र वरिष्ठ अधिवक्ता दुई जनालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो । प्रस्तावित न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश शारङ्गा सुवेदी, उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश अब्दुल अजिज मुसलमान, उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा र टेकप्रसाद ढुङ्गाना र अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल छन् । अन्य प्रस्तावित न्यायाधीशको क्रमश सुनुवाइ हुने र निर्णय सुनाउने समितिले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ५ : ०० बजे

राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी भए पदमुक्त

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी पदमुक्त भएका छन्

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

काठमाडौं– सगरमाथा आधार शिविरदेखि दोस्रो शिविर तर्फ जाने बाटो निर्माणका

इरानी विदेशमन्त्री अराघची एक्कासी चीन जाँदै

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले चीन भ्रमण गर्ने भएका छन्

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण भएको

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

काठमाडौं– सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता