नेपालमा बढिरहेको भ्रष्टाचारबारे विदेशीसमेत अचम्मित हुन थाले : शेखर कोइराला « Khabarhub

नेपालमा बढिरहेको भ्रष्टाचारबारे विदेशीसमेत अचम्मित हुन थाले : शेखर कोइराला


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालमा बढिरहेको भ्रष्टाचार बारे बिदेशी समेत अचम्मित हुन थालेको बताएका छन् ।

नेपाली कांग्रेस धनपालथान गाउँपालिकाले मोरङको ललियामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालालेमुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेका कारण बिदेशीका अगाडि शिर झुकाएर हिड्नु पर्ने अवस्था सिर्जना भएको बताए ।

‘आजभोलि हरेक बिदेशी भेट्दा किन तिम्रो देशमा हरेक कुरामा भ्रष्टाचार हुन्छ भनेर सोध्छन् । के जवाफ दिने ?’ कोइरालाले भने ।

भ्रष्टाचार मुक्त समाज निर्माणमा आफू कति पनि नडगमगाउँने प्रतिबद्धता समेत कोइरालाले गरे। भ्रष्टाचारको अन्त्य नभए सम्म जति भाषण गरेपनि देश बिकास नहुने कोइरालाको तर्क थियोे ।

 

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १० : ०५ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर ११ गते बिहीबार। मंसिर शुक्ल पक्षको

आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर ११ गते बिहीबार। मंसिर शुक्ल पक्षको

तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ

धरान – गत भदौ २४ गते इटहरी इलाका प्रहरी कार्यालयमा

विशेष महाधिवेशनको पक्षको हस्ताक्षर फिर्ता गराउन गगनलाई पूर्णबहादुरको प्रस्ताव, गगनले नटेर्दा बैठक नै सारियो

काठमाडौँ– महाधिवेशनको किचलोमा फसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरिसकेको