‘भुल भुलैया ३’ मा पलक तिवारीको चर्चा « Khabarhub

‘भुल भुलैया ३’ मा पलक तिवारीको चर्चा


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कार्तिक आर्यन अभिनीत फिल्म ‘भुल भुलैया २’ गतवर्ष रिलिज भएको थियो । फिल्मले राम्रो व्यवसाय गरेको थियो । त्यसैले पनि यसका निर्देशक अनिस बज्मी र निर्माता भुषण कुमार अर्को सिक्वेल अर्थात ‘भुल भुलैया ३’को तयारी गरिरहेका छन् ।

यस्तैमा फिल्ममा अभिनेत्री पलक तिवारी भित्रिन लागेको खबर बाहिर आएको छ । फिल्मसँग नजिक सूत्रका अनुसार निर्माण युनिट पलकलाई फिल्ममा भित्र्याउने पहलमा छन् । फाइनल भएपछि अफिसियल्ली सार्वजनिक हुनेछ ।

पलकले सलमान खान अभिनीत फिल्म ‘किसीकी भाई किसिकी जान’बाट अभिनयमा डेब्यु गरेकी थिइन् ।

केही दिन अगाडि फिल्ममा आर्यनको अपोजित भूमिकामा सारा अलि खान हुने सार्वजनिक गरिएको थियो । कार्तिक र साराले यस अगाडि २०२० मा रिलिज भएको फिल्म ‘लव आज कल’मा काम गरेका थिए । फिल्मको दौरानमा दुबैबिच प्रेम पनि थियो । अहिले ब्रेकअफ भैसकेको छ ।

फिल्ममा अभिनेत्री तब्बु पनि देखिनेछिन् । तब्बुले ‘भुल भुलैया २’मा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । मिडिया रिपोटका अनुसार हरर कमेडी ‘भुल भुलैया ३’ फेब्रुअरी २०२४ मा फ्लोरमा जानेछ ।

स्रोत : एएनआई

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ११ : २२ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,