पोखरामा विमान दुर्घटना : विशेषज्ञ टोलीले शवको पोष्टमार्टम सुरू गर्दै « Khabarhub

पोखरामा विमान दुर्घटना : विशेषज्ञ टोलीले शवको पोष्टमार्टम सुरू गर्दै


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइतबार पोखराको सेती खोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका व्यक्तिहरुको पोष्टमार्टम सुरु गर्ने तयारी भएको छ । शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौँबाट पोखरा आइपुगेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पोष्टमार्टमलगायत प्रक्रिया पूरा गरी शव सम्बन्धित परिवारलाई बुझाउने तयारी भइरहेको जानकारी दिए । पोष्टमार्टममा लागि गठित विशेषज्ञ टोलीमा काठमाडौँबाट आएका दुई विज्ञ चिकित्सकसहित पोखराका चिकित्सक पनि सम्मिलित छन् ।

दुर्घटनामा निधन भएका ६८ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालमा राखिएको छ । एउटा शव पोष्टमार्टम गर्न आधादेखि डेढ घण्टासम्म समय लाग्ने अस्पतालले जनाएको छ ।

पोष्टमार्टमपछि पोखरा र आसपासका व्यक्तिको शव आफन्तलाई बुझाइने छ भने विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवहरु काठमाडौँस्थित शिक्षण अस्पतालमा पठाइनेछ ।

पोष्टमार्टमपछि शव बुझ्न दिवङ्गतका आफन्तजन अस्पताल परिसरमा जम्मा भएका छन् । दुर्घटनामा परेका चार जना अझै बेपत्ता छन् । बेपत्ताको खोजी कार्य चलिरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ४ : ४७ बजे

रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुरा भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुरा भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी

जलविद्युत् आयोजनाको मारमा किसान : ‘हरियाली वनपाखा धुलाम्य भए’ 

म्याग्दी– धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु

पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता

भद्रपुर– जिल्लामा चालु आर्थिक वर्ष २०८२-८३ को मङ्सिर मसान्तसम्ममा चार

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ– यहाँका वारागुङ मुक्तिक्षेत्रऔ३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी