पोष्टमार्टमपश्चात् यात्रुको शव परिवारजनलाई बुझाइन्छ : यती एयरलाइन्स | Khabarhub Khabarhub

पोष्टमार्टमपश्चात् यात्रुको शव परिवारजनलाई बुझाइन्छ : यती एयरलाइन्स


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यती एयरलाइन्सले पोष्टमार्टमपश्चात् परिवारजनलाई शव बुझाउने बताएको छ । एयरलाइन्सले आज विज्ञप्ति जारी गरी आइतबार पोखराको सेती नदी खोँचमा दुर्घटनामा परेको ९ एन–एएनसी–७२ ५०० विमानमा मृत्यु भएका यात्रुको शव परीक्षणपछि परिवार र आफन्तजनको जिम्मा लगाउने बताएको हो ।

दुर्घटनामा मृतकको शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौँबाट पोखरा पुगिसकेको र परीक्षणको प्रक्रिया सुरु गरिसकेकाले पोखरामा बुझ्न चाहने परिवारलाई परीक्षण पश्चात शव बुझाइने एयरलाइन्सले जनाएको छ ।

विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवलाई काठमाडौँ ल्याउनका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा पुगिसकेको बताइएको छ । यती एयरलाइन्सले मृतक यात्रुको परिवारका सदस्य वा आफन्तजनलाई थप जानकारीका लागि एअरलाइन्सको काठमाडौँमा पेम्बा शेर्पा (९८०१००७५३१) र पोखरामा स्टेशन म्यानेजर राम लामिछाने (९८०२८२८८००) लाई सम्पर्क गर्न सकिने बताएको छ । यसैगरी, अस्पतालमा हर्क रावल (९८०२८११२२२) र सुष्मा श्रेष्ठ (९८०२८१२१११) सँग सूचना लिन सकिने एयरलाइन्सले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ५ : ५२ बजे

उत्तरको राजनीतिक प्रणालीप्रति ‘सम्मान’ छ, ‘सैन्य विश्वास’ निर्माण गर्छौँ : दक्षिण कोरियाली राष्ट्रपति ली

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले शुक्रबार उत्तर कोरियाको

पियोर इनर्जीले बोलायो साधारणसभा, लाभांश छैन 

काठमाडौं– पियोर इनर्जी लिमिटेडले आठौँ वार्षिक साधारणसभा बोलाएको छ ।

सकियो १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच

काठमाडौं– भक्तपुर थिमीमा १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच सकिएको

भारतीय दूतावासमा यसरी मनाइयो स्वतन्त्रता दिवस (तस्बिरहरू)

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासमा स्वतन्त्रता दिवस मनाइएको छ। नेपालमा रहेका

भोजपुरका किसानलाई कोदो रोप्न चटारो

भोजपुर– यहाँका किसान कोदो रोप्नमा व्यस्त भएका छन् । यसअघि