पोष्टमार्टमपश्चात् यात्रुको शव परिवारजनलाई बुझाइन्छ : यती एयरलाइन्स « Khabarhub

पोष्टमार्टमपश्चात् यात्रुको शव परिवारजनलाई बुझाइन्छ : यती एयरलाइन्स


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यती एयरलाइन्सले पोष्टमार्टमपश्चात् परिवारजनलाई शव बुझाउने बताएको छ । एयरलाइन्सले आज विज्ञप्ति जारी गरी आइतबार पोखराको सेती नदी खोँचमा दुर्घटनामा परेको ९ एन–एएनसी–७२ ५०० विमानमा मृत्यु भएका यात्रुको शव परीक्षणपछि परिवार र आफन्तजनको जिम्मा लगाउने बताएको हो ।

दुर्घटनामा मृतकको शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौँबाट पोखरा पुगिसकेको र परीक्षणको प्रक्रिया सुरु गरिसकेकाले पोखरामा बुझ्न चाहने परिवारलाई परीक्षण पश्चात शव बुझाइने एयरलाइन्सले जनाएको छ ।

विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवलाई काठमाडौँ ल्याउनका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा पुगिसकेको बताइएको छ । यती एयरलाइन्सले मृतक यात्रुको परिवारका सदस्य वा आफन्तजनलाई थप जानकारीका लागि एअरलाइन्सको काठमाडौँमा पेम्बा शेर्पा (९८०१००७५३१) र पोखरामा स्टेशन म्यानेजर राम लामिछाने (९८०२८२८८००) लाई सम्पर्क गर्न सकिने बताएको छ । यसैगरी, अस्पतालमा हर्क रावल (९८०२८११२२२) र सुष्मा श्रेष्ठ (९८०२८१२१११) सँग सूचना लिन सकिने एयरलाइन्सले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ५ : ५२ बजे

ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार पहिचान र गुनासो सुन्न सर्वोच्चमा संयन्त्र

काठमाडौं । न्यायिक काम कारबाहीमा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताका क्षेत्रहरू

पूर्वराजालाई भेट्न नपाएपछि शितल निवास अगाडि एक युवाले आत्मदाह प्रयास

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि

बागमती सरकारबाट बाहिरियो एमाले, भोलि मन्त्रीहरूले राजीनामा बुझाउने

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

वरिष्ठ पशु चिकित्सक घिमिरेलाई सेवाबाट हटाउने निर्णय

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु सेवा विभागका

पक्राउ पुर्जी रोक्न कांग्रेस सांसद अभिषेकप्रताप शाह सर्वोच्चमा

काठमाडौं । आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी बदरको माग राखेर