पोखरा विमान दुर्घटना : ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन « Khabarhub

पोखरा विमान दुर्घटना : ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको आयोजनामा राजधानीको प्रमुख पर्यतकीय गन्तव्य ठमेलमा दीप प्रज्वलन गरिएको छ ।

ठमेल पर्यटन विकास परिषद्, नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), होटल एसोसिएस न नेपाल (हान), नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)लगायतका सङ्घसंस्थाले दीप प्रज्वलन गरी श्रद्धाञ्जली तथा शोकसभा गरेका हुन् ।

शोकसभामा परिषद्का उपाध्यक्ष सहदेव धमलाले सुरक्षित र भरपर्दो उड्डयन क्षेत्र पर्यटनको आधार भएकाले नेपालको उड्डयन क्षेत्रको सुरक्षाका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

नेपाल पर्वतारोहण सङ्घका उपाध्यक्ष ठाकुर पाण्डेले पोखरामा भएको विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रमा क्षति पुगेको बताए । सोही अवसरमा एक मिनेट मौनधारण गरिएको थियो । आइतबार बिहान काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन–एएनसी एटिआर–७२–५०० कल साइन भएको विमान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।

यस्तै नेपाल वायुसेवा निगम अन्तर्गतको क्याविन क्रु एसोसिएशन अफ नेपालले सोमबार सुन्धारास्थित वायुसेवा निगम परिसरमा दीप प्रज्वलन पनि दीप प्रज्जवलन गरेको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ८ : ४९ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर