स्ववियु निर्वाचनमा लाग्न एमाले महासचिवको निर्देशन « Khabarhub

स्ववियु निर्वाचनमा लाग्न एमाले महासचिवको निर्देशन


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन्।

अनेरास्ववियुले आज यहाँ आयोजना गरेको ‘स्ववियु निर्वाचन विशेष प्रशिक्षण कार्यक्रम’ मा उनले स्ववियुको आफैँमा नेतृत्वको विकासको फोरमको रुपमा रहेको भन्दै एक दशकदेखि हुन नसकेको स्ववियु निर्वाचन गराउन सबै लाग्नुपर्ने भनाइ राखे ।

“स्ववियु निर्वाचन तोकिएको समयमा हुनु पर्दछ,” उनले भने, “स्ववियु निर्वाचन टुटने क्रममा नेतृत्व उत्पादन पनि टुटेको छ । नेतृत्व खारिएर निर्माण हुने प्रक्रियाभन्दा पनि एकप्रकारकोे लहरले नेतृत्व निर्माण भइरहेको छ ।”

“हामीलाई कहिले संविधानवाद र कहिले संसद्वाद भनेर जनतासमक्ष जान रोकिन्छ । लोकतन्त्र भनेको जनताबाट म्यान्डेड प्राप्त गरेर गर्ने शासन व्यवस्था हो । एमाले सधैँभरि जनतामाथि भरोसा गर्ने पार्टी हो,” उनले भने, “जनतालाई केन्द्रविन्दुमा राखेर शासन गर्ने पार्टी एमाले हो ।”

राजनीतिक परिवर्तनले समाजको आकाङ्क्षालाई पूरा गर्न नसक्ने भन्दै उनले राष्ट्रिय पूँजीको निर्माण भएपछि मात्र मुलुकमा समाजवादको निर्माण हुने बताए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १० : ४४ बजे

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय