वायु प्रदूषणका कारण हरेक वर्ष नेपालमा ४२ हजारको मृत्यु हुन्छ | Khabarhub Khabarhub

वायु प्रदूषणका कारण हरेक वर्ष नेपालमा ४२ हजारको मृत्यु हुन्छ



काठमाडौँ- विश्व स्वास्थ्य संगठन डब्ल्युएचओको तथ्याङ्कअनुसार हरेक वर्ष ७० लाख मानिसले वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण ज्यान गुमाउने गरेका छन् । वायु प्रदूषणले फोक्सो, मुटु रोग, मस्तिष्क रोग, श्वास प्रश्वास र रक्तनलीसँगै सम्पूर्ण शरीरमा नै असर गर्दछ ।

विभिन्न रासायनिक पदार्थ, धुवाँ, धुलो आदि हावामा मिसिन गई हावा दूषित हुनु वा स्वच्छ हावामा विविध कारणहरूले परिवर्तन आई मानव वा कुनै प्राणीको स्वास्थ्यमा नकारात्मक असर पार्नु वायु प्रदूषण हो ।

डब्ल्युएचओले वायु प्रदूषण पहिले अनुमान गरिएभन्दा धेरै गुणा खतरनाक रहेको निष्कर्ष सार्वजनिक गरेको छ ।

अहिले वातावरणमा रहेको नाइट्रोजन डाइअक्साइडले मानिसलाई असुरक्षित बनाएको छ । डब्ल्युएचओको तथ्याङ्कअनुसार हरेक वर्ष वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण ७० लाख मानिसको मृत्यु हुने गरेको छ ।

काठमाडौँ विश्वको प्रदूषित सहरको सूचीमा पर्दछ । उपत्यकामा बढ्दो वायु प्रदूषणका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ ।

काठमाडौँ उपत्यकामा सडक विस्तार, बढ्दो सवारी सङ्ख्या तथा सवारी चाप, धुलो, धुवाँ लगायतका वायु प्रदूषणका कारण दिन प्रतिदिन जनजीवन कष्टकर बन्दै गएको विज्ञहरू बताउँछन् ।

चिसो मौसममा पानी पर्न बन्द हुन्छ र पानी नपर्दा वातावरणमा भएको प्रदूषण, बाहिर भएका फोहोर यत्रतत्र पुग्छन् । पानी पर्याे भने पानीले फोहोर पखाल्छ ।

नेपालमा वर्षेनी करिब ४२ हजार मानिसको वायु प्रदूषणको कारणले ज्यान जाने विभिन्न अध्ययनले देखाएका छन् । त्यसैले प्रदूषणबाट बच्नुपर्ने विज्ञहरु बताउँछन् ।

वायु प्रदूषण हुने कारणहरु

-अत्यधिक मात्रामा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनबाट निस्किएको धुँवाले

-सही तरकाले फोहोरमैला व्यवस्थापन नगर्दा

-ठूला तथा साना विकास निर्माणका क्रममा निस्किएको धुलोबाट

-इँटाभट्टा वा धुवाँजन्य कलकारखाना मानव बस्ती नजिकै हुँदा

वायु प्रदूषणले स्वास्थ्यमा पार्ने असरहरु

-वायु प्रदूषणले फोक्सो, मुटु रोग, मस्तिष्क रोग, श्वास प्रश्वासमा र रक्तनलीदेखि लिएर सम्पूर्ण शरीरमा नै असर गर्छ

-छाला र आँखा चिलाउने हुन्छ

-खोकी लाग्ने, ह्याच्छ्युँ आउने हुन्छ

-फोक्सोको क्यान्सर

-क्यान्सर र मस्तिष्कघातको जोखिम

-एलर्जी

-छातीको समस्या, छाती घ्यारघ्यार हुने

-निमोनिया

यस्ता छन् वायु प्रदूषणबाट बच्ने उपायहरु–

-दैनिक रुपमा घर बाहिर निस्किँदा मास्कको प्रयोग गर्ने

-घरभित्र धेरै धुवाँ निस्कने दाउरा गुइँठाको प्रयोग नगर्ने

-चिसो मौसममा बन्द कोठाभित्र हिटरको प्रयोग नगर्ने

-खोलानाला, नदी ताल, सडकको गल्ली जस्ता ठाउँमा फोहोरमैला नफाल्ने

-बिहान र बेलुका बिनामास्क मर्निङवाक र इभिनिङवाक नगर्ने

-बाहिरका फलफूल र तरकारीलगायतका खानेकुरा राम्ररी धोएर/पखालेर मात्र खाने

– प्रस्तुति पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ७ : ०० बजे

निजी क्षेत्र बलियो भए मात्र मुलुकको अर्थतन्त्र बलियो हुन्छ : मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्र

एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि

काठमाडौं – चाइनिज ताइपेईलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स

‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपाललाई सफलता

ललितपुर – फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपालका आशीर्वादराज

अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको

गम्बोरोले पाँच हजार बढी कुखुरा मरे

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच