एनिमिया रोग होइन, रोगको लक्षण हो « Khabarhub

एनिमिया रोग होइन, रोगको लक्षण हो

एनिमिया पुरुषको तुलनामा महिलामा बढी हुन्छ


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय अरू हाम्रो शरीरमा धेरै प्रकारका रोगहरु लाग्ने गरेका छन् त्यस्तै रोग मध्ये रगत सम्बन्धी रोग पनि उत्तिकै अनुपातमा बढेका छन्। पछिल्लो समय भइरहेका स्वास्थ्य अनुसन्धनमध्ये रगत सम्बन्धी रोग बढेको बताएका छन्। अस्तपालमा पछिल्लो समय विभिन्न प्रकारका रगतसम्बन्धी रोगहरु लिएर आउने गरेको चिकित्सकको भनाइ छ। एनिमिया नामक रोग रगतको रातो रक्त कोशमा हुने एक जैविक वंशाणुगत रोग पनि हो। यसले शरीरमा रगत बनाउने, रातो रक्त कोशको संख्या घटाउँदै लैजान्छ। एनिमिया एक प्रकारको वंशानुगत रोग पनि हो। यसै विषयमा आधारित भएर हेमाटोलोजिष्ट डा. निरजकुमार सिंहसँग खबरहबका लागि गरिएको कुराकानीको सम्पादित अंशः

एनिमियालाई कसरी बुझ्ने ?
शरीरमा रगतको मात्रा कम हुनुलाई हामी अंग्रेजीमा एनिमिया भन्छौं। शरीरमा हेमोग्लोबिनको मात्र १० भन्दा कम भएर रेड सेलको मात्राकम भयो भने हामीले त्यसलाई एनिमिया भन्छौं। एनिमिया कुनै रोग होइन। यो अन्य रोगको लक्षण हो। शरीरमा विभिन्न तत्त्वको कारणले हुने आइरन भिटामिन बी १२ माइक्रो न्युटेन्स लगायतका तत्त्वहरुको कमीले एनिमयिा हुन्छ। यसलाई रक्तअल्पता पनि भनिन्छ।

कुन उमेर समूहमा यो समस्या धेरै हुन्छ ?
यो जुनै उमेर समूहमा पनि हुनसक्छ। बाबुआमा छ भने पनि बच्चामा हुनसक्छ। यो वंशानुगत हुन्छ। त्यसैले समयमा नै यो पहिचान गरेर बच्चा जन्माउनु उपयुक्त हुन्छ। तब मात्र आउने बच्चामा यो समस्या हुँदैन। एनिमिया पुरुषको तुलनामा महिलामा बढी हुन्छ। महिलामा महिनावारीको समयमा धेरै रगत बग्यो भने एनिमिया भइरहेको हुन्छ। त्यसैले प्रत्येक महिलाले महिनावारी हुदाँ धेरै रगत बग्यो भने मलाई एनिमिया भयो भनेर प्रत्येक ६ महिनामा एनिमिया जाँच गर्नुपर्छ।

बुँदामा एनिमियाका जोखिम
शरीरमा थकान महसुस हुने,
मुटुको हट फेलिएर हुने सम्भावना हुने,
शरीरमा अक्सिजनको मात्र नपुग्ने,
महिनावारीको समयमा धेरै रगत बग्दा रक्त अल्पताको सम्भावना हुने हुन्छ।

उपचार पद्धती कस्तो हुन्छ ?
एनिमियाको पहिलो उपचार भनेको खानपान र जीवशैली हो। यसको उपचार कारण हेरेर हुने गर्दछ। जस्तो : ब्लड क्यान्सरको कारणले भएको एनिमिया हो भने त्यो ब्लड क्यान्सरको उपचार गर्दा निको भएर जान्छ। कसैमा आइरनको कमिले भएको हो भने आइरन खुवाएर निको हुन्छ। यसको उपचार घरेलु शैलीमासमेत गर्न सकिन्छ। दैनिक हरिया रोगपातको सेवन गरेरसमेत यसलाई ठिक गर्न सकिन्छ। जुकाको औषधि समय समयमा खाने हो भने यो समस्या नहुन सक्छ। यो समस्या नहोस् भन्नका लागि आइरन युक्त खाना खानुपर्छ। विशेष गरेर भिटामिन ‘बी’ १२ युक्त मांसाहारी खाना खानुपर्छ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ७ : १९ बजे

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक