प्रहरी हिरासतमा कुख्यात भारतीय अपराधी एवम् पूर्वसांसद अतिकको हत्या « Khabarhub

प्रहरी हिरासतमा कुख्यात भारतीय अपराधी एवम् पूर्वसांसद अतिकको हत्या


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतका कुख्यात अपराधी एवम् पूर्वसांसद अतिक अहमदको प्रहरी हिरासतमा हत्या भएको छ । भारत उत्तर प्रदेशको प्रयागराजमा प्रहरी संरक्षणमै उनी र उनका भाई अशरफको गोली हानी हत्या भएको हो ।

स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका बेला सञ्चारकर्मीले उनहरुसँग संवादको प्रयास गरिरहेका बेला उनीमाथि गोली प्रहार भएको हो ।

हत्या गरिएको घटना टेलिभिजन च्यानलले खिचेका भिडियोमा समेत रेकर्ड भएको जनाइएको छ । भिडियोमा अतिक र अशरफलाई हत्कडी लगाइएको देखिएको छ ।

पत्रकारको भेषमा आएका बन्दुकधारीले उनीहरुमाथि गोली चलाएका हुन् । गोली हानेपछि बन्दुकधारीलाई प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केही समयअघि अतिकका छोरा पनि प्रहरीको मुढभेडमा मारिएका थिए । अतिकमाथि विगत दुई दशकयता हत्या, अपहरण, जबरजस्ती चन्दा असुलीजस्ता अभियोग छ ।

यसअघि अतिकले आफ्नो ज्यानमाथि खतरा रहेको बताएका थिए । घटनापछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले न्यायिक छानबिनको निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  २ : २० बजे

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य