चटयाङ लागेर चार दिनदेखि अलपत्र घाइतेको अझै उद्धार भएन  | Khabarhub Khabarhub

चटयाङ लागेर चार दिनदेखि अलपत्र घाइतेको अझै उद्धार भएन 


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

दार्चुला– मौसमका खराबी कारण चटयाङ लागेर चार दिन देखी उद्धार हुन नसकेका घाइतेहरूलाई आज पुनः उद्धारको प्रयास गरिने भएको छ ।

 यार्सागुम्बा टिप्न जाँदा गत शनिबार दार्चुलाको व्यास गाउँपालिका–२ हुम्दुम्तीमा चटयाङ लागेर घाइते भएका तीन जनाको अझै उद्धार हुन नसकेको बेला मंगलबार बिहान पुनः प्रयास गरिन लागिएको हो  । 

सो चटयाङबाट घाइते अवस्थामा नै सोही क्षेत्रमा अलपत्र अवस्थामा रहेका उनीहरूलाई आज फेरी उद्धारको प्रयास गरिने  प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । ‘मौसमको खराबीका कारण आजसम्म उद्धार गर्न सकिएको छैन, मंगलबार बिहान पुनः उद्धारका लागि प्रयास गर्नेछौ’ उनले भने । 

 सो चटयाङमा परेर दुहुँ गाउँपालिका-१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा तथा सोही गाउँपालिका-२ हिकिलाका १८ वर्षीय महेश बडालमाथि चटयाङ परे पछि तीनै जना घाइते भएका थिए । 

व्यास गाउँपालिका-२ हुम्दुम्तीमा चटयाङ लागेर घाइते भएका तीनैजनालाई सोमबारसम्म मलकोट भन्ने स्थानसम्म ल्याई पुर्‍याइएको छ तर उनीहरूको उद्धारका लागि सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टर सदरमुकाम खलङ्गा भन्दा बाहिर निस्कन सकेको छैन् । 

हिजो मौसमका कारण सो हेलिकोप्टर त्यहाँ भन्दा बाहिर निस्कन नसके पनि मंगलबार बिहान भने मुलकोट नै पुगेर घाइतेहरूलाई ल्याउने तयारी रहेको प्रजिअ जोशीले जानकारी दिए ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ७ : ३३ बजे

जसपा नेपाल संसदीय दलको बैठक बस्दै, अध्यादेशबारे निर्णय लिने

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय

प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने 

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

प्रतिनिधिसभा बैठक बस्दै, अध्यादेशहरू प्रस्तुत गरिने (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

रोमाञ्चक खेलमा लेगानेसविरुद्ध रियल म्याड्रिडको जित

काठमाडौं – कोपा डेल रे कपको बुधबार राति भएको क्वार्टर