चटयाङ लागेर चार दिनदेखि अलपत्र घाइतेको अझै उद्धार भएन  « Khabarhub

चटयाङ लागेर चार दिनदेखि अलपत्र घाइतेको अझै उद्धार भएन 


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

दार्चुला– मौसमका खराबी कारण चटयाङ लागेर चार दिन देखी उद्धार हुन नसकेका घाइतेहरूलाई आज पुनः उद्धारको प्रयास गरिने भएको छ ।

 यार्सागुम्बा टिप्न जाँदा गत शनिबार दार्चुलाको व्यास गाउँपालिका–२ हुम्दुम्तीमा चटयाङ लागेर घाइते भएका तीन जनाको अझै उद्धार हुन नसकेको बेला मंगलबार बिहान पुनः प्रयास गरिन लागिएको हो  । 

सो चटयाङबाट घाइते अवस्थामा नै सोही क्षेत्रमा अलपत्र अवस्थामा रहेका उनीहरूलाई आज फेरी उद्धारको प्रयास गरिने  प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । ‘मौसमको खराबीका कारण आजसम्म उद्धार गर्न सकिएको छैन, मंगलबार बिहान पुनः उद्धारका लागि प्रयास गर्नेछौ’ उनले भने । 

 सो चटयाङमा परेर दुहुँ गाउँपालिका-१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा तथा सोही गाउँपालिका-२ हिकिलाका १८ वर्षीय महेश बडालमाथि चटयाङ परे पछि तीनै जना घाइते भएका थिए । 

व्यास गाउँपालिका-२ हुम्दुम्तीमा चटयाङ लागेर घाइते भएका तीनैजनालाई सोमबारसम्म मलकोट भन्ने स्थानसम्म ल्याई पुर्‍याइएको छ तर उनीहरूको उद्धारका लागि सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टर सदरमुकाम खलङ्गा भन्दा बाहिर निस्कन सकेको छैन् । 

हिजो मौसमका कारण सो हेलिकोप्टर त्यहाँ भन्दा बाहिर निस्कन नसके पनि मंगलबार बिहान भने मुलकोट नै पुगेर घाइतेहरूलाई ल्याउने तयारी रहेको प्रजिअ जोशीले जानकारी दिए ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ७ : ३३ बजे

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले