रोल्पामा एक हप्ताभित्र तीन दुर्घटना, चार जनाको मृत्यु « Khabarhub

रोल्पामा एक हप्ताभित्र तीन दुर्घटना, चार जनाको मृत्यु


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रोल्पा – रोल्पामा एक हप्ता भित्र भएका तीन वटा दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जना तथा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको हो ।

गत वैशाख २८ गते लुङ्ग्री गाउँपालिका–५ मछेनीमा सडक कालोपत्र गर्ने कामदार बोकेको रा१त ३८८१ नंको ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको ज्यान गएको हो । मृत्यु हुनेमा सोही ठाउँका १३ वर्षीय खेमराज रोका र १२ वर्षीय टेकेन्द्र बस्नेत रहेका छन् ।

उक्त दुर्घटनामा परी चार जना घाइते भएका थिए ।

यसैगरी गत वैशाख ३० गते रोल्पा नगरपालिका–२ कालापैह्रामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा रोल्पा–६ कोटगाउँका २२ वर्षीय उमेश वाँठामगर रहेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । सोही मोटरसाइकलमा पछाडि सवार अर्को एक जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गत वैशाख ३० गते सुनछहरी गाउँपालिका–४ सुनछहरी झरनामा रहेको पोखरीमा डुबेर नेपालगञ्ज उपमहानगरपालिका–१८ की २४ वर्षीया चन्द्रा सुनारको मृत्यु भएको थियो । श्रीमान्सँग सुनछहरी झरना हेर्न गएकी उनको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रोल्पामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म भवितव्य ज्यान, सवारी ज्यान जस्ता दुर्घटनामा परी ३३ जनाले ज्यान गुमाइसकेका छन् । भवितव्य घटनामा २५ र सवारी दुर्घटनामा आठ जनाले ज्यान गुमाएका छन् । अठार जना भिरबाट लडेर मरेका हुन् ।

तीव्र गति, समयमा सडक मर्मत र सम्भार नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा दुर्घटना हुने गरेको प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले जानकारी दिए । मापसे गरी भिरको बाटो हिँड्दा पनि बढी जसोको लडेर ज्यान जाने गरेको पाइएको छ ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  २ : ३४ बजे

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल

अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले इरानमाथिको तेल प्रतिबन्धमा अस्थायी छुट

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता