रोल्पामा एक हप्ताभित्र तीन दुर्घटना, चार जनाको मृत्यु | Khabarhub Khabarhub

रोल्पामा एक हप्ताभित्र तीन दुर्घटना, चार जनाको मृत्यु


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रोल्पा – रोल्पामा एक हप्ता भित्र भएका तीन वटा दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जना तथा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको हो ।

गत वैशाख २८ गते लुङ्ग्री गाउँपालिका–५ मछेनीमा सडक कालोपत्र गर्ने कामदार बोकेको रा१त ३८८१ नंको ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको ज्यान गएको हो । मृत्यु हुनेमा सोही ठाउँका १३ वर्षीय खेमराज रोका र १२ वर्षीय टेकेन्द्र बस्नेत रहेका छन् ।

उक्त दुर्घटनामा परी चार जना घाइते भएका थिए ।

यसैगरी गत वैशाख ३० गते रोल्पा नगरपालिका–२ कालापैह्रामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा रोल्पा–६ कोटगाउँका २२ वर्षीय उमेश वाँठामगर रहेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । सोही मोटरसाइकलमा पछाडि सवार अर्को एक जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गत वैशाख ३० गते सुनछहरी गाउँपालिका–४ सुनछहरी झरनामा रहेको पोखरीमा डुबेर नेपालगञ्ज उपमहानगरपालिका–१८ की २४ वर्षीया चन्द्रा सुनारको मृत्यु भएको थियो । श्रीमान्सँग सुनछहरी झरना हेर्न गएकी उनको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रोल्पामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म भवितव्य ज्यान, सवारी ज्यान जस्ता दुर्घटनामा परी ३३ जनाले ज्यान गुमाइसकेका छन् । भवितव्य घटनामा २५ र सवारी दुर्घटनामा आठ जनाले ज्यान गुमाएका छन् । अठार जना भिरबाट लडेर मरेका हुन् ।

तीव्र गति, समयमा सडक मर्मत र सम्भार नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा दुर्घटना हुने गरेको प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले जानकारी दिए । मापसे गरी भिरको बाटो हिँड्दा पनि बढी जसोको लडेर ज्यान जाने गरेको पाइएको छ ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  २ : ३४ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित