अवैध रूपमा चन्दा असुली गर्ने दुई जना पक्राउ   « Khabarhub

अवैध रूपमा चन्दा असुली गर्ने दुई जना पक्राउ  


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँका विभिन्न विद्यालय, कलेज, कम्पनी, व्यापारी, उद्योग, कलकारखाना, वैक्वेट लगायतबाट अवैध रूपमा चन्दा असुली गरेको अभियोगमा २ जनालाई काठमाडौं लैनचौरबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बैतडी नगरपालिका-३ घर भई ललितपुर चाँगाथली बस्ने ४२ वर्षीय अमृत कार्की र सल्यान बागचौर नगरपालिका-६ घर भई काठमाडौं जोरपाटी बस्ने ३२ वर्षीय धन बहादुर चन्द रहेका छन् ।

उनीहरूले अवैध रूपमा चन्दा माग गरी असुल उपर गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न आफूलाई अखिल नेपाल ट्रेड युनियन मजदुर सङ्घको केन्द्रीय सदस्य बताउने अमृत र अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य बताउने धन बहादुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ५ : २२ बजे

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम

डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग