लत्ताकपडासहित भारतीय मोटरसाइकल सशस्त्रको नियन्त्रणमा « Khabarhub

लत्ताकपडासहित भारतीय मोटरसाइकल सशस्त्रको नियन्त्रणमा


२ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रौतहट– लत्ताकपडासहित भारतीय मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहट जिल्लाको राजपुर नगरपालिका १ स्थित पिप्रा भगवानपुरबाट जेठ २ गते सशस्त्र प्रहरीले करिब ३ लाख ३१ हजार रुपैयाँ बराबरको लत्ताकपडासहितको भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

बिआर ०६ सिबि ३८६४ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा र मोटरसाइकल सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले नियन्त्रणमा लिएको हो ।

यसैगरी, सोही जिल्लाको गौर नगरपालिका २ स्थित बकैया खोला इलाकाबाट जेठ २ गते सशस्त्र प्रहरीले करिब १ लाख ५२ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको विल विजक बिनाको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले बरामद गरेको हो ।

नियन्त्रणमा लिइएको लत्ताकपडा र मोटरसाइकल आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ७ : २३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको