पोखरा महानगरभित्रका पेट्रोल पम्प अनुगमन « Khabarhub

पोखरा महानगरभित्रका पेट्रोल पम्प अनुगमन


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिकाले पेट्रोल पम्प अनुगमन गरेको छ । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा आज पोखरा महानगरभित्रका पाँच पेट्रोल पम्पमा अनुगमन गरिएको हो ।

अनुगमन टोलीले हेमजाको जयबुद्ध आयल स्टोर्स, सिमापानीको पराजुली आयल स्टोर्स, मालेपाटनको सशस्त्र प्रहरी बलले सञ्चालन गरेको कालिका फ्युल स्टेसन, मासबारको बराल आयल डिष्ट्रिब्युटर्स र विरौटाको अन्नपूर्ण आयल डिष्ट्रिब्युटर्समा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा परिणाम र गुणस्तरमा कैफियत फेला नपरेको अनुगमन संयोजक तथा पोखरा महानगरपालिकाकी उमप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिए। अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमका अधिकारी सहभागी थिए ।

डिजेल र पेट्रोलको परिणाम, गुणस्तर, व्यवसाय दर्तासँगै नवीकरण भए नभएको अनुगमन गरिएको पोखरा महानगरपालिका अनुगमन समिति सदस्य भरतराज पौडेलले बताए । “अनुगमनका क्रममा परिणाम र गुणस्तरमा कैफियत फेला परेन”, पौडेलले भने । उनका अनुसार केही पेट्रोल पम्प महानगरमा विना दर्ता सञ्चालन भएको पाइएको छ । उनीहरुलाई महानगरमा दर्ता गर्न निर्देशन दिएको उनले बताए ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  १० : ३२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै