बजेटमा सत्तापक्षकै रुवाबासी देखियो : लिङ्देन « Khabarhub

बजेटमा सत्तापक्षकै रुवाबासी देखियो : लिङ्देन


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षको बजेटमा सत्तापक्षकै सांसदहरूको रुवाबासी देखिएको बताएका छन् । 

आज प्रतिनिधिसभा बैठकमा बिभिन्न मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उनले बजेटका विषयमा प्रतिपक्षीको भन्दा पनि सत्ता पक्षका केही सांसदको बढी रुवाबासी देखिएको बताए ।
उनले बजेट सच्याएर ल्याउन सरकारसँग माग गरे । बजेट सच्याएर ल्याउने काम सत्तापक्षले गरे राम्रो परम्पराको सुरुवात हुने र संसदको पनि गरिमा बढ्ने उनको भनाइ थियो ।

उनले बजेट बनाउँदा देखिएको प्रवृत्तिले अहिलेको व्यवस्थालाई नै कमजोर बनाउने धारणा राखे । 

अध्यक्ष लिङ्देनले केन्द्रबाट बाटोका लागि छुट्याइएको रकम एक–दुईलाख भएपनि हुने प्रवृत्ति देखिएको भन्दै कनिका छर्ने बुद्धि र ज्ञान मन्त्रीहरूलाई कसले दियो भन्दै प्रश्न गरे । 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ४ : ३१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल