सुर्खेत– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि झण्डै ३३ अर्ब ३८ करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।
आज आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रदेशसभा बैठकमा ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।
जसअन्तर्गत चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगत तर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ ।
बजेटमा स्थानीय तहको वित्तिय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ ।
प्रतिक्रिया