काभ्रेमा लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

काभ्रेमा लागूऔषधसहित दुई जना पक्राउ


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

काभ्रे – काभ्रेबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको बनेपा नगरपालिका ८ बाट एक जना महिला र एक जना पुरुषलाई खैरो हिरोइनसहित इलाका प्रहरी कार्यालय बनेपाले बिहीबार पक्राउ गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार जेठ ३२ गते राति ८ बजेको समयमा बनेपा–८ बाट भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका ९ का ३० वर्षीय युवक र काभ्रे तेमाल गाउँपालिकाकी १९ वर्षीया युवतीलाई लागूऔषध नियन्त्रण ब्युरोसहितको प्रहरी टोलीले खैरो हिरोइनसहित नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट प्रहरीले खैरोहेरोइनजस्तो देखिने पदार्थ ६५ ग्राम, डिजिटल तराजु १ थान, ३ लाख १९ हजार रुपैयाँ र आइफोन-११ एक थान बरामद गरेको प्रहरी नायब उपरीक्षक बोहोराले जानकारी दिए ।

उनका अनुसार उनीहरुमाथि असार १ गते काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसुरमा ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ८ : ३९ बजे

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै