गर्मी बढेपछि विद्यालयमा पठनपाठन बन्द « Khabarhub

गर्मी बढेपछि विद्यालयमा पठनपाठन बन्द


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो केही दिनयता गर्मी अत्यधिक बढेपछि कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ । गर्मीले घर बाहिर निस्किनै सकस भएपछि दैनिक जनजीवन नै प्रभावित बनेको हो ।

गर्मी बढेपछि स्थानीय तहले धमाधम विद्यालयमा पठनपाठन बन्द गर्न थालेका छन् । भीमदत्त, शुक्लाफाँटा र बेलौरी नगरपालिकाले गर्मी बिदा दिएका छन् । शुक्लाफाँटा नगरपालिकाले गर्मी बिदा थपेको छ । अत्यधिक गर्मी बढेकाले विद्यालयका पठनपाठन गर्न कठिनाइ भएपछि असार ३ देखि ६ गतेसम्म गर्मी बिदा थप्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत टेकेन्द्र भट्टले जानकारी दिए ।

“केही दिनयता गर्मी अत्यधिक बढ्यो, जसले यहाँको जनजीवन नै प्रभावित बनेको छ”, उनले भने, “त्यसैले नियमित पठनपाठन गर्न कठिनाइ तथा जोखिम भएकाले विद्यालय बन्द गरिएका हुन् ।”

नगरपालिकाभित्रका निजी तथा सरकारी विद्यालय बन्द गर्न पालिकाले पत्राचार गरेको छ । गर्मीले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने सम्भावित प्रतिकूल असरलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १० : २४ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी