विकास निर्माणमा राजनीतिक दलबीच सहकार्य आवश्यक | Khabarhub Khabarhub

विकास निर्माणमा राजनीतिक दलबीच सहकार्य आवश्यक


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विकास निर्माणका काममा राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताएका छन्। उनले राजनीति गर्नेहरूमा जनता, मतदाता र भावी पुस्तासँग डर हुनुपर्ने बताए। 

‘चुनावका बेला हामीले मतदातासँग र आम जनतासँग विभिन्न प्रतिवद्धता जनाएका हुन्छौं, ति प्रतिवद्धता पूरा गर्नु राजनीति गर्नेहरुको प्रतिवद्धता हो,’ आइतबार सुर्खेत क्षेत्र नम्बर १ मा भएका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपप्रधानमन्त्री खड्काले भने, ‘विकास–निर्माण जनताको नासो र सम्पत्ती हो, यि कामहरु गर्दा राजनीतिक दलहरुराजनीतिकर्मीबीच सहकार्य र समन्वय हुन आवश्यक छ।’

भेरीगंगा नगरपालिका–८ मा लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले भूमि आयोगमार्फत जग्गाधनी प्रमाणपुर्जा वितरणको काम भइरहेको बताए। ‘सरकारको लक्ष्य कोही पनि नागरिक भूमि विहीन भएर बस्नु नपरोस् भन्ने छ,’ उनले भने, ‘आयोगमार्फत जतिसक्दो चाँडो लालपुर्जा वितरणको काम सम्पन्न गर्ने गरेर तीन तहकै सरकार लागिरहेका छौं।’

उपप्रधानमन्त्री खड्काले विगतमा विभिन्न आयोगहरुले काम गरेर पनि जग्गाधनीले लालपूर्जा नपाएका, श्रेष्ता कायम हुन नपाएका, अधुरा कामहरु पूरा गरेर सुर्खेतमा पहिलो चरणमा लालपूर्जा वितरणको  काम भइरहेको बताए। ‘एक–डेढ वर्षमा सबै कामहरू सम्पन्न गरेर यस्ता पुर्जाहरु वितरण गरेपछि दोस्रो चरणमा नयाँ जग्गाको नापी र श्रेष्ता दिने काम सुरु हुन्छ,’ उनले भने, ‘कोही पनि नेपाली नागरिक भूमिहीन भएर बस्नुपर्ने अवस्था हुँदैन्।’ भूमि आयोगले सुर्खेतमा हालसम्म साढे आठ सय जग्गाधनी पूर्जा बनाएर वितरण गरेको छ। 

उपप्रधानमन्त्री खड्काले कोटमाझखर्क अन्तर्गत जग्गाधनी पुर्जा वितरण चुनौतिपूर्ण रहेपनि केही कानुनी अड्चनलाई पूरा गरेर सहज तरिकाले पूर्जा वितरणको काम सुरु गरिएको बताए। उपप्रधानमन्त्री खड्काले भूमि आयोगलाई काम गर्नका लागि केही व्यवहारिक समस्या रहेको बताउँदै ति समस्याहरू समाधान गर्नेतर्फ आफू केन्द्रित हुने बताए। उनले लालपुर्जाको तयारी र वितरणको कामलाई अझै तिब्र गतिमा अघि बढाउन निर्देशन समेत दिएका छन्। आजै उपप्रधानमन्त्री खड्काले भेरीगंगा नगरपालिका–१० को आँपधारा खानेपानी आयोजनाको उद्घाटन गर्दै  घरमा स्वच्छ खानेपानी पुर्याउने  सरकार लक्ष्य रहेको जानकारी दिए। 

थुप्रै खानेपानी आयोजनाहरु सुरु भएका छन्, केही सम्पन्न हुँदैछन्,’ उनले भने, ‘नागरिकहरूलाई स्वच्छ खानेपानी घरघरमा पुर्याउने प्रतिवद्धतालाई क्रमैसँग पूरा गर्दै जानेछौं। ’यस्तै  उपप्रधानमन्त्री खड्काले युवा पुस्तालाई खेलकुदमा अग्रसर गराउने गरेर सरकारले कार्यक्रम ल्याएको बताए। ‘खेलाडी प्रोत्साहन, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा नयाँ कार्यक्रमहरू ल्याएका छौं,’ उनले भने, ‘खेल क्षेत्रप्रति युवा पुस्ताको आकर्षण बढाउनका लागि सरकार प्रतिवद्ध छ।’ 

उनले कर्णालीमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागिरहेको बताउँदै कर्णालीलाई खेलमय बनाउने गरेर संघ, प्रदेश र स्थानीय तह लाग्नुपर्ने बताए। राष्ट्रिय खेलकुद प्रतियोगीताले कर्णालीको खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ५ : ५९ बजे

आजका समाचार : प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा, बाँदर बेचेर आम्दानी गर्न प्रस्ताव र युएसएडमा घोटाला

गिरिबन्धु प्रकरणमा प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा, पदमुक्त गर्न मागसर्वोच्च अदालतबाट झापास्थित

भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु

धरान– यहाँको बराहक्षेत्र नगरपालिका–१ स्थित कोशीपुलमा भ्यानको ठक्करबाट स्कुटी चालकको

वैदेशिक रोजगारीमा साढे १४ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीको लागि पोर्चुगल र जापान पठाइदिने बहानामा ठगी

अर्थसंक्षेप : पाथीभरा केबलकारविरुद्ध फेरि आन्दोलन घोषणा, बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा पाँच वर्षमा दोब्बर

काठमाडौं– पाथीभरमा केबलका निर्माणको विरोधमा उत्रिएको समूहले सरकारसँगको वार्तामा सहमति

अध्यादेशमाथि पूर्वप्रधानन्यायाधीशको प्रश्न : हामीले नयाँ द्वन्द्वलाई त निम्तो दिइरहेका छैनौं ?

काठमाडौं– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अपवादका रुपमा आउनुपर्ने अध्यादेश नियमितरुपमा आएको