संसद्‌मा डरलाग्दा विधेयक प्रस्तुत भए : सांसद गौतम | Khabarhub Khabarhub

संसद्‌मा डरलाग्दा विधेयक प्रस्तुत भए : सांसद गौतम


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा केही डर लाग्दा वियक प्रस्तुत भएको आरोप लगाएकी छन्। उनले संसदमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० ले देवानी, फौजदारी, प्रशासनिक फरक-फरक प्रकारका कानुन हालेर सरकारले ठूलो कमजोरी गरिरहेको बताइन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद गौतमले यो विधेयकमा सार्वभौमिकता, अखण्डता र शान्ति सुरक्षालाई चुनौति दिने दफाहरू पनि प्रस्तुत भएकाले यसप्रति आशंकाहरू उब्जिएका बताइन्। सरकारले देवानी प्रकृतिका, फौजदारी प्रकृतिका, प्रशासनिक प्रकृतिका लगायत नितान्त फरक–फरक प्रकारका कानुनहरु पनि एउटै विधेयकमा हालेर सरकारको कार्यशैलीमा कति बचपना छ भन्नेकुरा देखाएको भान हुन्छ। डरलाग्दा नेपालको सार्वभौमिकता, अखण्डता र शान्ति सुरक्षालाई चुनौती दिने दफाहरु पनि प्रस्तुत गरेका छन्,’ उनले भनिन्।

सरकारले डरलाग्दा कानुन पास गराउनु श‌ंकाको विषय भएको बताइन्। नियतवश नै यस्ता प्रकारका कानुनहरू एउटै विधेयकमा हालेर लिएर आएको हो कि भन्नेपनि आशंका उब्जिएको उनको भनाइ छ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ६ : २८ बजे

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ

महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर – महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र

सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन