कामपाले बजार अनुगमनलाई नियमित गर्दै  « Khabarhub

कामपाले बजार अनुगमनलाई नियमित गर्दै 


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले बजारलाई थप व्यवस्थापन गर्नका लागि नियमितरूपमा अनुगमन गर्ने भएको छ । आफ्नो क्षेत्राधिकारभित्रको अनुगमन र मूल्यांकनको पद्धतिमा वार्षिक कार्ययोजना तयार तरी अनुगमन कार्यलाई नियमित गर्ने कामपाका उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्।  

सेवा प्रवाह, विकास निर्माण र जनजीविकासँग सम्बन्धित कामको प्रभावकारी कार्यान्वयन र नतिजा मापनका लागि अनुगमन कार्यलाई नियमित गर्नेमा उपप्रमुख डङ्गोलले जोड दिइन्। उनले भनिन्, ‘त्यसका लागि मातहतका सम्बन्धित सबै विभागीय प्रमुखलाई जिम्मेवार बनाई सोहीअनुसार काम अघि बढाइन्छ ।  

कामपाले अनुगमन मूल्यांकन प्रणालीमार्फत नीति, योजना, कार्यक्रम र आयोजनाको निगरानीका लागि क्षमता बढाउनुपर्ने पनि उनले बताइन् । अनुगमन गर्न जाने अधिकारीसँग विषयसम्बन्धी कानूनी तथा प्रशासनिक ज्ञान र कार्य सञ्चालन-सम्पादनको प्रक्रियाका विषयमा थाहा हुनुपर्छ । त्यसबारे नतिजा थाहा हुनुपर्छ । यति भए मात्र प्रभावकारी अनुगमन हुन सक्छ । 

स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा उपभोक्ता अधिकार तथा बजार व्यवस्था अनुगमन समितिको व्यवस्था गरिएको छ । कार्यपालिकाअन्तर्गतका विषयगत समितिले गरेका काम, स्वीकृत वार्षिक कार्यक्रमको अनुगमन उपप्रमुखको संयोजकत्वमा रहेको समितिले गर्छ । 

उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले पेश गरेर नगरसभाबाट पारित भएका कार्यक्रमको अनुगमन उपप्रमुखकै संयोजकत्वमा रहेको अनुगमन तथा सुपरीवेक्षण समितिले गर्छ । सुपरीवेक्षण समितिका कामको समन्वय एकाइले गर्छ । यस समिति मातहतमा जनजीविका र सार्वजनिक सरोकारका क्षेत्रको अनुगमन गर्न पाँच वटा अनुगमन टोली गठन गरिएका छन् ।

कामपाले आगामी आवका लागि व्यक्तिगत तथा संस्थागत भान्छाका लागि स्वस्थकर बनाइ आरोग्यता कायम गर्न स्वच्छ भान्छा कार्यक्रमका लागि रु तीन करोड ५० लाख रकम विनियोजन गरेको छ । केही दिनअघि पनि कामपाले गरेको अनुगमनका क्रममा अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको एक पसललाई रु एक लाख ५० हजार जरिवाना तिराएको थियो ।

कामपा–२ स्थित लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेका ढुसी परेको मिठाई तथा कीरा परेको अन्य खाद्य सामग्री बिक्री वितरण गरेको पाएपछि निजलाई रु एक लाख ५० हजार जरिवाना गरिएको थियो ।  

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ७ : ०६ बजे

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै

जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले

समाजका जीवित इतिहासः एक सय आठ वर्षीय भौना डगौरा

कञ्चनपुर – समाजमा ज्येष्ठ नागरिक केवल उमेरले पाका व्यक्तिमात्र होइनन्

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै