भोजपुरमा सम्बन्धविच्छेदका मुद्दा बढ्दै « Khabarhub

भोजपुरमा सम्बन्धविच्छेदका मुद्दा बढ्दै


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

टक्सार– पहाडी जिल्ला भोजपुरमा पछिल्लो समयमा सम्बन्धविच्छेदका घटनामा वृद्धि हुँदै गएको छ । जिल्ला अदालतको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९-०८० मा अदालतमा दुई सयभन्दा बढी मुद्दा दर्ता भएका छन् । 

जिल्ला अदालत भोजपुरका से्रस्तेदार मोहन घिमिरेले गत आवमा भोजपुरमा दुई सय ३६ वटा सम्बन्धविच्छेदका घटना दर्ता भएको जानकारी दिए। ‘भोजपुर अदालतमा दर्ता हुने मुद्दामा सम्बन्धविच्छेदका घटना पनि बढी छन्, पतिपत्नीको असमझदारीका कारण मुद्दा दर्ता बढी देखिन्छ’, उनले भने । 

गत आवमा दर्ता भएका मुद्दामध्ये एक सय ८३ वटा मुद्दा फर्छ्यौट भइसकेका छन् भने ५३ वटा मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।

जिल्ला अदालतमा दर्ता भएको सम्बन्धविच्छेदको सङ्ख्याले समाज र परिवारमा पतिपत्नीबीचको सम्बन्ध नाजुक अवस्थामा रहेको देखाएको छ । जिल्लामा पछिल्लो समयमा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दो छ । श्रीमान् वैदेशिक रोजगारीमा गएको, बालविवाह, महिलामा आएको चेतना र श्रीमानले श्रीमतीको समान अस्तित्व स्वीकार नगर्नेजस्ता कारण सम्बन्धविच्छेदका मुख्य कारण रहेको देखिएको छ । 

सम्बन्धविच्छेदको घटनामा करिब ७५ प्रतिशत घटना वैदेशिक रोजगारीका कारण भएको देखिएको छ । स्वतन्त्रपूर्वक बस्न सकिन्छ भन्ने मानसिकता बढेका कारण पनि पछिल्लो समयमा सम्बन्धविच्छेदका घटना बढ्न थालेको बुझाइ सामाजिक अभियन्ता अशोक खतिवडाको छ । ‘आर्थिक, सामाजिक, पारिवारिकरूपमा आत्मनिर्भरतामा वृद्धि भएकाले पतिपत्नीबीच खटपट उत्पन्न भएमा स्वतन्त्ररूपमा बस्न सक्छु भन्ने आत्मविश्वास बढेकाले पनि सम्बन्धविच्छेदका घटना अहिले सामान्य हुन थालेको छ’, खतिवडाले भने ।

सम्बन्धविच्छेद बढ्नुका मुख्य कारण अन्तर्राष्ट्रिय श्रम बजार पनि बनेको छ । कामको खोजीका साथ पैसा, प्रतिष्ठा कमाउन वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ, लामो समयसम्म श्रीमान्श्रीमती टाढिँदा दूरीका कारण पनि एकापसमा विश्वास घटेर शंका उपशंका पैदा हुने गरेका कारण पनि सम्बन्धविच्छेदको बाटो खुल्ने गरेको स्थानीय कृष्णमाया तामाङको बुझाइ रहेको छ ।

सम्बन्धविच्छेदपछि तत्कालका लागि राहत पाएको महसुस गरिने भए पनि दीर्घकालीनरूपमा समाज र परिवारमा धेरै कठिनाइसँग सामना गर्नुपर्ने अवस्था आउन सक्ने बुझाइ अधिकारकर्मीको छ । स्थानीय तहमा गठन भएका न्यायिक समितिले समेत सम्बन्धविच्छेदका कतिपय घटनामा पूर्वमेलमिलापका लागि सहजीकरण गर्ने गरेको छ ।

महिलामाथि हुने घरेलु हिंसाका कारणले सम्बन्धविच्छेदका घटना बढेको अधिकारकर्मीको धारणा छ । स्थानीय सरकार र सरोकारवालाले घरेलु हिंसा न्यूनीकरण गर्न विभिन्न कार्यक्रम ल्याए पनि महिलामाथि हुने हिंसामा कमी नआएका कारण पनि सम्बन्धविच्छेदका मुद्दा बढ्न गएको मानवअधिकार रक्षक महिला सञ्जाल भोजपुर अध्यक्ष लीलामाया तामाङले बताए । 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ६ : ५९ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख २ गते बुधबार ।

आज २०८३ साल वैशाख २ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २ गते बुधबार ।

मोदीलाई ट्रम्पको फोन, के भयो कुराकानी ?

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई

प्रधानमन्त्रीले भोलि सबै समानुपातिक सांसदसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीको तर्फबाट संघीय संसदमा

सशस्त्रका असई शेर्पाले गरिन् लोबुचे हिमालको आरोहण

काठमाडौँ – सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पाले नयाँ