शान्ति प्रक्रियाका बाँकी विषयमा राष्ट्रसंघसँग सहयोगको अपिल गर्छु : प्रधानमन्त्री « Khabarhub

शान्ति प्रक्रियाका बाँकी विषयमा राष्ट्रसंघसँग सहयोगको अपिल गर्छु : प्रधानमन्त्री


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयमा सहयोगको अपिल गर्ने बताएका छन्।

माओवादी नेता पोष्ट बहादुर बोगटीको नवौं स्मृति दिवसका अवसरमा आज माओवादी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नाका निम्ति अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहने बताए ।

शान्ति प्रक्रियाअन्तर्गत माओवादी लडाकु समायोजन र हतियार व्यवस्थापन भइसकेको छ भने संक्रमणकालीन न्यायसम्बन्धी बेपत्ता नागरिक खोजबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) टुंगो लाग्न बाँकी छ।

प्रधानमन्त्री दाहाल राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आज साँझ अमेरिका प्रस्थान गर्दै छन्।

 

 

 

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  १० : २३ बजे

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने