शान्ति प्रक्रियाका बाँकी विषयमा राष्ट्रसंघसँग सहयोगको अपिल गर्छु : प्रधानमन्त्री « Khabarhub

शान्ति प्रक्रियाका बाँकी विषयमा राष्ट्रसंघसँग सहयोगको अपिल गर्छु : प्रधानमन्त्री


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयमा सहयोगको अपिल गर्ने बताएका छन्।

माओवादी नेता पोष्ट बहादुर बोगटीको नवौं स्मृति दिवसका अवसरमा आज माओवादी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नाका निम्ति अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहने बताए ।

शान्ति प्रक्रियाअन्तर्गत माओवादी लडाकु समायोजन र हतियार व्यवस्थापन भइसकेको छ भने संक्रमणकालीन न्यायसम्बन्धी बेपत्ता नागरिक खोजबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) टुंगो लाग्न बाँकी छ।

प्रधानमन्त्री दाहाल राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आज साँझ अमेरिका प्रस्थान गर्दै छन्।

 

 

 

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  १० : २३ बजे

सशस्त्र प्रहरीद्वारा मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो

मुस्ताङ– मुस्ताङस्थित सशस्त्र प्रहरी बल नेपाल, ३३ नं गुल्मका सशस्त्र

प्रधानमन्त्रीको भ्रमणसँगै चीनले हटायो पाँच बेलायी सांसदमाथिको प्रतिबन्ध

बेइजिङ- बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले चीनको औपचारिक भ्रमण गरेका छन्

जेन-जी शहीदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका

‘कसैले जितेर राष्ट्रलाई हराउनु हुँदैन’

चुनाव सम्पन्न गर्न तीव्र गतिमा बढिरहेको माहोलबीच अन्यथा अभिव्यक्ति दिनु