हाम्रा लागि प्रदर्शक र निर्माता बराबर हुन् : अभिनेता गिरी « Khabarhub

हाम्रा लागि प्रदर्शक र निर्माता बराबर हुन् : अभिनेता गिरी


३० भदौ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्ना लागि प्रदर्शक र निर्माता बराबर रहेको बताएका छन् । उनी अहिले अभिनेता तथा निर्मातासँगै प्रदर्शक पनि बनेका छन् । गिरीले साथीहरूसँगको सहकार्यमा एउटा चलचित्र भवन सञ्चालन गरेका हुन् ।

शेयर बाँडफाँड, शेयर सङ्ख्यालगायत विषयमा निर्माताकोतर्फबाट सुनिने असन्तुष्टि आफूले कम गर्न प्रयास गर्ने अभिनेता गिरीले बताए। उनले भने, ‘हामी निर्माताले चलचित्र भवनबाट प्राप्त गर्ने पैसा निर्माता र प्रदर्शकको बराबर होस्, ५०/५० प्रतिशत होस्, हाम्रो चलचित्र भवनबाट प्रदर्शक र निर्माताले बराबर पैसा पाउनेछन् ।’ यो नियम नेपाली चलचित्रको हकमा लागू गरिने गिरीको भनाइ थियो । 

वितरक करण श्रेष्ठका अनुसार प्रदर्शनको पहिलो दुई सातासम्म ५०/५० प्रतिशत शेयर र त्यसपछि ३५ प्रतिशत निर्माता र ६५ प्रतिशत प्रदर्शकले पाउने गरेका छन् । यो रकममा लाग्ने विभिन्न खर्च कटाएर मात्र निर्माताले पैसा पाउने गरेका उनले जनाउँदै केही प्रदर्शकले ५० प्रतिशत नै दिने गरेको जानकारी दिए। 

‘चलचित्रको व्यापार कम भएमा त्यसमा सम्झौताअनुसारको काटछाँट हुँदैन । केही चलचित्र भवनले ५० प्रतिशत नै शेयर उपलब्ध गराउँदै आइरहेका छन्’, श्रेष्ठले भने, ‘नयाँ प्रदर्शकमार्फत हुने घोषणाले निर्मातालाई उत्साहित नै बनाउँछ ।’

प्रकाशित मिति : ३० भदौ २०८०, शनिबार  ३ : ४० बजे

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब