गठबन्धन सरकारका कारण मुलुक प्रतिकुल अवस्थामा : ओली « Khabarhub

गठबन्धन सरकारका कारण मुलुक प्रतिकुल अवस्थामा : ओली


३० भदौ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धन सरकारका कारण मुलुक प्रतिकुल अवस्थामा रहेको बताएका छन् ।

शनिबार भक्तपुरमा विद्यार्थीहरूको अन्तरक्रियामा ओलीले गठबन्धन सरकारका कारण सुशासन, विकास लगायतका हिसाबले देश अत्यन्तै प्रतिकुल अवस्थामा रहेको बताएका हुन् ।

उनले अव देशलाई सुध्रिने बाटोमा लैजानु जरुरी रहेकोले युवाहरूले हस्तक्षेप गर्नुपर्ने बताए । ओलीले गठबन्धनका नाम लिएर प्रोफेसर कुट्ने र गुण्डागर्दीमा उत्रिँदा पनि सरकार मौन रहेको उल्लेख गरे । त्यस्तै विद्यार्थीहरूको प्रश्नको जवाफ दिँदै ओलीले आफू अझै २० वर्ष सक्रिय रहने भन्दै आफू सक्रिय रहँदा नै योग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिने धारणा राखे । उनले दुई पटक शल्यक्रिया गरेपछि अहिले आफ्नो स्वास्थ्य पूर्ण रुपमा ठिक रहेकाले २० वर्ष देशलाई अघि बढाउन भूमिका खेल्ने जिकिर गरे । 

अध्यक्ष ओलीले युवाहरूले देशमा हुने षडयन्त्रलाई समाप्त गर्ने देशको भूगोलको रक्षा गर्नुपर्ने बताए । आफूलाई अव्बल राजनीतिज्ञ भन्न नसकेपनि आफूले इमानका साथ राष्ट्र र जनताको पक्षमा काम गर्ने उनको भनाइ छ । 

ओलीले जनताले आफूलाई जेलबाट छुटाएर बिभिन्न पद हुँदै प्रधानमन्त्री सम्म बनाएको भन्दै जनताप्रति अत्यन्तै आदरभाव राख्ने धारणा बताए ।

प्रकाशित मिति : ३० भदौ २०८०, शनिबार  ५ : २९ बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा