गठबन्धन सरकारका कारण मुलुक प्रतिकुल अवस्थामा : ओली « Khabarhub

गठबन्धन सरकारका कारण मुलुक प्रतिकुल अवस्थामा : ओली


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धन सरकारका कारण मुलुक प्रतिकुल अवस्थामा रहेको बताएका छन् ।

शनिबार भक्तपुरमा विद्यार्थीहरूको अन्तरक्रियामा ओलीले गठबन्धन सरकारका कारण सुशासन, विकास लगायतका हिसाबले देश अत्यन्तै प्रतिकुल अवस्थामा रहेको बताएका हुन् ।

उनले अव देशलाई सुध्रिने बाटोमा लैजानु जरुरी रहेकोले युवाहरूले हस्तक्षेप गर्नुपर्ने बताए । ओलीले गठबन्धनका नाम लिएर प्रोफेसर कुट्ने र गुण्डागर्दीमा उत्रिँदा पनि सरकार मौन रहेको उल्लेख गरे । त्यस्तै विद्यार्थीहरूको प्रश्नको जवाफ दिँदै ओलीले आफू अझै २० वर्ष सक्रिय रहने भन्दै आफू सक्रिय रहँदा नै योग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिने धारणा राखे । उनले दुई पटक शल्यक्रिया गरेपछि अहिले आफ्नो स्वास्थ्य पूर्ण रुपमा ठिक रहेकाले २० वर्ष देशलाई अघि बढाउन भूमिका खेल्ने जिकिर गरे । 

अध्यक्ष ओलीले युवाहरूले देशमा हुने षडयन्त्रलाई समाप्त गर्ने देशको भूगोलको रक्षा गर्नुपर्ने बताए । आफूलाई अव्बल राजनीतिज्ञ भन्न नसकेपनि आफूले इमानका साथ राष्ट्र र जनताको पक्षमा काम गर्ने उनको भनाइ छ । 

ओलीले जनताले आफूलाई जेलबाट छुटाएर बिभिन्न पद हुँदै प्रधानमन्त्री सम्म बनाएको भन्दै जनताप्रति अत्यन्तै आदरभाव राख्ने धारणा बताए ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ५ : २९ बजे

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने