नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्वतारोहण सङ्घबीच सम्झौता « Khabarhub

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्वतारोहण सङ्घबीच सम्झौता


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पर्वतीय पर्यटनको दिगो विकास, विस्तार र प्रवर्द्धनमा आपसी समझदारी र सहकार्यका लागि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्वतारोहण सङ्घबीच सम्झौता भएको छ । आज आयोजित एक कार्यक्रममा पर्वतीय पर्यटनका लागि जनशक्ति विकास, तालिम एवं प्रशिक्षण लगायतमा सहकार्यका लागि सम्झौता भएको हो ।

सङ्घले नियमित रुपमा सञ्चालन गर्दै आइरहेको आधारभूत पर्वतारोहण र उच्च पर्वतारोहण तालिम प्रतिष्ठानले नगर्ने विषयमा पनि सम्झौता भएको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका अध्यक्ष उङदी छिरिङ र नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पाले पाँचबुँदे आपसी समझदारीपत्रमा हस्ताक्षर गरे । दुवै पक्षको समन्वय एवम् साझेदारीमा तालिमलगायत कार्यक्रमहरु सञ्चालन गर्ने समझदारी भएको छ ।

यसैगरी, संयुक्त रुपमा सञ्चालन गरिने तालिम कार्यक्रममा लागत साझेदारी गर्ने र दुवै पक्षले प्रमाणीकरण गर्ने सहमति भएको छ । प्रतिष्ठानका अध्यक्ष दावा शेर्पाले सम्झौताले दुवै संस्थालाई बलियो बनाउँदै समग्र पर्वतीय पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए । उनले भने, “एउटै उद्देश्यका लागि जन्मेका दुवै संस्थाले पर्वतीय पर्यटन क्षेत्रको विकासका लागि सहकार्य गर्नु अपरिहार्य छ ।”

सङ्घका अध्यक्ष नुरु शेर्पाले प्रतिष्ठानले सैद्धान्तिक र सङ्घले त्यसको प्रयोगात्मक अभ्यासमा दोहोरोपन नहुने गरी काम गर्ने विश्वास व्यक्त गरे  । “सङ्घले गर्दै आएको काममा हस्तक्षेप होइन, सहकार्य हुने हाम्रो विश्वास छ । सहकार्यलाई कागजमा सीमित नगरी कार्यान्वयन गर्ने हामी प्रतिबद्ध छौँ ” सङ्घका अध्यक्ष नुरु शेर्पाले भने । सङ्घले तालिम सञ्चालन गर्दा प्रतिष्ठानको शैक्षिक कार्यक्रममा संलग्न  विद्यार्थीलाई २० प्रतिशत कोटा सुरक्षित गर्ने सहमति भएको छ ।

यस्तै, सङ्घले प्रतिष्ठानबाट  सञ्चालन भइरहेका स्नातक र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीलाई हरेक शैक्षिक सत्रमा कम्तीमा एक–एक जनालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने सहमति भएको छ । सहमति पत्रमा प्रतिष्ठानका विद्यार्थीको हकमा न्यूनतम सङ्ख्या पुग्ने भएमा छुट्टै तालिम सञ्चालन गर्ने व्यवस्था उल्लेख छ । उक्त सम्झौता पाँच वर्षसम्म कायम रहने बताइएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ४ : ०३ बजे

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ

नमूना युवा संसदीय अभ्यासले लोकतान्त्रिक संस्कार विकासमा टेवा पुग्छ : सभामुख यादव

महेन्द्रनगर- मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले युवापुस्तालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता

प्रधानमन्त्रीलाई वर्षमानले भने- सीमाबारे भन्न खोजेको के हो, हाउसमा जवाफ दिनुपर्छ

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले संसद् नियमित

कङ्गोमा इबोला प्रकोप तीव्र : ५१५ सङ्क्रमित, ९१ मृत्यु

किन्शासा– कङ्गो प्रजातान्त्रिक गणतन्त्रमा इबोला सङ्क्रमितको सङ्ख्या ५१५ पुगेको छ

सुपारीखेतीमा इलामका किसानको लगाव

फिक्कल– पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारीखेतीतर्फ आकर्षित हुन थालेका