बाइडेनले सीलाई ३८ वर्ष पुरानो तस्वीर देखाएपछि… « Khabarhub

बाइडेनले सीलाई ३८ वर्ष पुरानो तस्वीर देखाएपछि…


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

वुडसाइड- अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता भएको छ । अमेरिकाको सन फ्रान्सिस्को नजिकै उडसाइडमा जारी एसिया प्रशान्त क्षेत्रका मुलुकहरुको सम्मेलनका क्रममा दुई नेताहरुबीच भेटवार्ता भएको हो ।

एक वर्षमा उनीहरू बीच भएको शिखर बैठकमा सैन्य सञ्चार पुनःस्थापना गर्न सहमति भएको छ । चिनियाँ राष्ट्रपति सी सन् १९८५ पछि सन फ्रान्सिस्को पुगेका हुन् । सन् १९८५ मा ३१ वर्षे सी सन फ्रान्सिस्को पुगेका थिए । भेटवार्ताका क्रममा राष्ट्रपति बाइडेनले चिनियाँ समकक्षीलाई सन फ्रान्सिस्को भ्रमणका बेला खिचेको फोटो पनि देखाएका थिए ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएका यी दुई मुलुकबीचको बढ्दो तनावलाई द्वन्द्वमा परिणत हुनबाट रोक्ने उद्देश्यले चार घन्टाको वार्ताका क्रममा उनीहरूले हात मिलाए र ऐतिहासिक क्यालिफोर्निया एस्टेटको एक बगैँचामा टहलिएका थिए । चीनले अमेरिकामा घातक महामारीका लागि जिम्मेवार औषधि फेन्टेनाइलको उत्पादनमाथि रोक लगाउने बारेमा पनि उनीहरू सहमत भएका छन् ।

चीन र ताइवानको ‘पुनःएकीकरण’ रोक्न नसकिने भन्दै चिनियाँ राष्ट्रपति सीले आफ्ना अमेरिकी समकक्षीसमक्ष ताइवानलाई हतियार आपूर्ति रोक्न आग्रह गरेसँगै दुवै नेताले ताइवानको विषयमा आफूलाई टाढा राखे । सन् २०२२ नोभेम्बरमा बालीमा वार्तामा सहभागी भएयता यी दुई नेताबीच भेट भएको थिएन । यसै वर्षको फेब्रुअरीमा अमेरिकाले कथित चिनियाँ जासुसी बेलुनलाई गोली हानेपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएको थियो । यद्यपि बाइडेनले चिनियाँ राष्ट्रपति सीलाई अझै पनि आफूले ‘तानाशाह’ मानेको बताए ।

यद्यपि सन् २०११ देखि नै सीलाई चिनेको उल्लेख गर्दै बाइडेनले क्यालिफोर्नियाको फिलोली एस्टेटमा पत्रकार सम्मेलनमा भने, “हामीले अहिलेसम्मको सबैभन्दा रचनात्मक र फलदायी वार्ता गरेका छौँ ।” द्वन्द्व वा आकस्मिक द्वन्द्वमा नफसियोस् भनेर अमेरिकाले दृढ रूपमा प्रस्तुत हुँदै गएको चीनसँग ‘जोडदार’ तर ‘जिम्मेवारीपूर्वक’ प्रतिस्पर्धा गर्ने उनले बताए । “हामी कुनै पनि फोन उठाउन सक्छौँ, सिधै फोन गर्न सक्छौँ र हाम्रो कुरा तुरुन्तै सुनिनेछ भन्नेबारेमा उहाँ र म सहमत भएका छौँ”, राष्ट्रपति बाइडेनले भने ।

उनका अनुसार सम्भावित द्वन्द्वबाट बच्न उच्चस्तरीय अमेरिका–चीन सैन्य सञ्चार पुनःस्थापना गर्न ‘आलोचनात्मक रूपमा महत्वपूर्ण’ थियो । तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले सन् २०२२ जुनमा अमेरिकासँगको सैन्य सञ्चार तोडेको थियो । दुवै पक्ष कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) का साथै आगामी महिना दुबईमा हुने कोप२८ शिखर सम्मेलनअघि जलवायु परिवर्तनसम्बन्धी सहयोगलाई अझ गहिरो बनाउन सहमत भएका छन् ।

तर निकै दुःख गरेर तयार गरिएको दुई पक्षबीचको वार्ता बाइडेनले गरेको एउटा कूटनीतिक टिप्पणीपछि टुङ्गियो । एक पत्रकारले अझै पनि सीलाई ‘तानाशाह’ मान्नुहुन्छ ? भनी गरेको प्रश्नमा बाइडेनले ‘हो, उहाँ (तानाशाह) हो’ भने । बाइडेनको उक्त टिप्पणीपछि बेइजिङबाट रोषपूर्ण प्रतिक्रिया आयो । “उहाँ तानाशाह हुनुहुन्छ भन्ने अर्थमा उहाँ एउटा कम्युनिष्ट मुलुक चलाउने व्यक्ति हुनुहुन्छ जुन हाम्रोभन्दा पूर्ण रूपमा फरक सरकारमा आधारित छ”, बाइडेनले भने ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  १ : ४० बजे

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

गण्डकी– पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि

फिर्के खोलाको अतिक्रमण थालियो हटाउन, मेयर आफैँ खटिए

पोखरा– पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने

क्यान्सरको औषधि अभाव हुन नदिन दैनिक विवरण उपलब्ध गराउन विभागको आग्रह

काठमाडौं– बजारमा क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधि तथा

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन– छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका

तनहुँका व्यवसायी पसल बन्द गरेर आन्दोलनमा 

काठमाडौं– दमौली स्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ