सुपर लिग : आज वीरगञ्ज र पोखरा तथा चितवन र इलाम भिड्ने | Khabarhub Khabarhub

सुपर लिग : आज वीरगञ्ज र पोखरा तथा चितवन र इलाम भिड्ने


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदै छन् । आज वीरगञ्ज युनाइटेड एफसी र पोखरा थन्डर्स तथा एफसी चितवन र स्पोर्टिङ इलामबीच खेल हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा वीरगञ्ज र पोखराबीच प्रतिस्पर्धा हुनेछ ।

जारी लिगमा दुवै टोलीले आज छैटौँ खेल खेल्दैछन् । आज वीरगञ्ज दोस्रो जितको खोजीमा रहँदा पोखरा तेस्रो जित निकाल्ने योजनामा छ ।

यसअघिका खेलमा वीरगञ्ज एकमा जित, दुईमा बराबरी र दुईमा हार बेहोर्दै ५ अङ्कका साथ सातौँ स्थानमा छ । यस्तै, दुईमा जित, दुईमा बराबरी र एकमा पराजित हुँदै ८ अङ्क जोडेको पोखरा चौथो स्थानमा छ ।

यसैगरी आज साँझ ५ बजे हुने अर्को खेलमा चितवन र इलामबीच प्रतिस्पर्धा हुनेछ । अहिलेसम्मका खेलको नतिजालाई हेर्दा अन्तिमका यी दुई टोलीबीच प्रतिष्ठाको लडाइँ मात्र हुने देखिन्छ ।

अहिलेसम्म समान ६ खेल खेलेको चितवन ५ अङ्कका साथ आठौँ स्थानमा रहँदा ४ अङ्क भएको इलाम पुछारमा छ ।

यस्तै, शीर्षस्थानमा रहेको धनगढीको ११ अङ्क रहेको छ भने दोस्रो स्थानमा रहेको ललितपुरको १० अङ्क छ ।

मंसिर ८ गतेदेखि भइरहेको खेलमा ९ वटा टोली सहभागी छन् ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ६ : ०८ बजे

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

अछाम र बाजुरामा विद्युत सेवा बन्द

धनगढी । अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ।