बाटोमा भेटिएको पैसा राख्न हुन्छ कि हुँदैन ?  | Khabarhub Khabarhub

बाटोमा भेटिएको पैसा राख्न हुन्छ कि हुँदैन ? 


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

हामी बाटोमा हिँड्दा कहिले काहीँ पैसा भेट्ने गर्छौ । बाटोमा हिँड्दा हिँड्दै पैसा भेट्न पाए हुन्थ्यो जस्तो पनि लाग्छ ।

तर, बाटोमा भेटिएको पैसा कसैले आफैँले राख्ने गर्छन् भने कसैले हानी गर्छ भनेर दीनदुःखीलाई दान गर्ने गर्दछन् । या कसैले तुरुन्तै त्यसको केही सामान किन्ने गर्दछन् ।

भेटिएको पैसा साथमा राख्दा जत्ति भेटिएको छ, त्यसको दोब्बर नोक्सानी हुन्छ भन्ने पुरातन मान्यता पनि रहेको छ । 

ज्योतिश शास्त्रअनुसार गन्तव्यमा भेटिएको पैसा आफ्नो निजी काममा भन्दा पनि समाज कल्याणमा लगाउन सकियो भने कार्यसिद्ध हुने उल्लेख छ ।

शास्त्रका अनुसार बाटोमा पैसा भेटियो भने एक नयाँ जिन्दगीको सुरुवातको सङ्केत गर्छ । कुनै काममा सकारात्मकता देखिने सङ्केत गर्छ ।

हिन्दु धर्मको मान्यता अनुसार सिक्का पैसा भेट्नु र नोट भेट्नुका फरक फरक अर्थ छन् । कसैले बाटोमा सिक्का भेटेको छ भने सफलता, प्रगति तथा उपलब्धिको निशानी मानिएको छ ।

वास्तु शास्त्रका अनुसार बाटोमा भेटिएको पैसाले आफ्नो व्यक्तिगत कामभन्दा पनि कुनै मठ मन्दिर या पितृको नाममा केहि किनेर दान गरेको अवस्थामा घरमा धन सम्पत्ति वृद्धि हुने उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ६ : ३२ बजे

चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको

नक्कली नोटसहित एक महिला पक्राउ

जाजरकोट– नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

‘पुजार सार्की’को ट्रेलर रिलिजमा पल शाह किन अनुपस्थित ?

काठमाडौं– दिनेश राउतको निर्देशन रहेको मल्टिस्टार फिल्म ‘पुजार सार्की’को ट्रेलर

महानगरले सजावटका लागि राखिएका बत्तीको अध्ययन गर्ने

काठमाडौं– रातको समयमा सहरको सजावटका लागि काठमाडौँ महानगरपालिकाभित्र विभिन्न स्थानमा

चिकित्सक भन्छन्, ‘औषधि खान जाने अमृत नभए विष समान’  

काठमाडौं– काठमाडौँकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले