बाजुरामा भीरबाट लडेर एकको मृत्यु  | Khabarhub Khabarhub

बाजुरामा भीरबाट लडेर एकको मृत्यु 


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

बाजुरा – बाजुराको बडीमालिका नगरपालिकामा शनिबार बेलुकी करिव ४ बजे भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।

झराउले गाउँमा आफनतको विवाह सकेर रतुवा घर फर्किने क्रममा भेरालमाण्डौ भीरबाट लडेर सोही नगरपालिका–८ रतुडाका अन्दाजी ५५ वर्षीय ताराचन्द्र ऐडीको ज्यान गएको हो।

शनिबार झराउलेमा आफन्तको विवाह सकेर घर गएका ऐडी बेलुकी भैसी दुहुँनका लागि घर नपुगेपछि खोजी गर्दा भेरालमाण्डौ भीरबाट लडेर करिव १५० मिटर तल खसेर मृत अवस्थामा फेला परेका थिए।

घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय बाजुरालाई जानकारी गराएको र प्रहरी घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक किशोरसिं ऐरीले बताए।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ९ : १२ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ