पोखराबाट ४८ शव काठमाडौँ ल्याइयो, भोलिदेखि शव परीक्षण सुरु गरिने « Khabarhub

पोखराबाट ४८ शव काठमाडौँ ल्याइयो, भोलिदेखि शव परीक्षण सुरु गरिने


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यही माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याइएको छ ।

यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी पोखराको सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएर निधन भएकामध्ये ४८ जनाको शव आज काठमाडौँ ल्याइएको बताएको हो । शव आज दिउँसो नेपाली सेनाको दुईवटा हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।

मृतक ४८ जनाको शव आज काठमाडौँ ल्याइए पनि शवको परीक्षण भने भोलि बिहानदेखि सुरु गरिने भएको छ । शवलाई अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा राखिएको छ । मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम आज भएकाले परीक्षण सुरु गर्न नसकिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । मृतकमध्ये कतिपय व्यक्तिको शव पहिचानसमेत हुन नसकेकाले डिएनएका आधारमा शव पहिचान गरेर परीक्षणपश्चात् एकैपटक मृतकका परिवार तथा आफन्तलाई शव हस्तान्तरण गरिने बताइएको छ ।

चालकदलका सदस्यसहित जम्मा ७२ जना सवार उक्त विमान दुर्घटनामा ७१ जनाको मृत्यु भइसकेको छ भने बाँकी एक व्यक्तिको खोजीकार्य जारी रहेको यती एयरलाइन्सले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ८ : १४ बजे

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको