लमजुङ दरबारको पुनर्निर्माण गरिँदै « Khabarhub

लमजुङ दरबारको पुनर्निर्माण गरिँदै


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

लमजुङ – शाहवंशीय राजाहरूको उद्‍‌गमस्थलको रूपमा परिचित लमजुङ दरबारको पुनर्निर्माण धमाधम भइरहेको छ । पुरातात्त्विक विभागले जीर्ण अवस्थामा रहेको लमजुङ दरबारको पुनर्निर्माण कार्य २ वर्षमा सक्ने लक्ष्यका साथ निर्माण कार्य सुरु गरेको हो ।

०७९ माघ २० गते कालीका मन्दिरमा क्षमा पूजा गरी दरबार भत्काइएको कालीका मन्दिरका पुजारी सोमराज बरालले बताए । उनका अनुसार मन्दिरमा रहेका महेश्वर, विष्णु, ब्रह्म, महाकाली, महासरस्वती र महालक्ष्मी लगायतका देवी देवताको मूर्ति नयाँ भवनमा क्षमा पूजा गरी सारिएको छ ।

दरबारको पुनर्निर्माण कार्य गरिदा पुरानै स्वरूपमा इँटा, ढुंगा, काठ, तामाको प्रयोग हुने बताइएको छ । दरबारको छाना तामाको हुनेछ । २०७२ सालको भूकम्पले चर्केको लमजुङ दरबारमा २ पटक चट्याङले थप जीर्ण अवस्था पुगेको थियो । पानी चुहिने अवस्थामा जीर्ण रहेको दरबारको पुनर्निमार्णका लागी पुरातात्त्विक विभागका डा. जगमान गुरुङको टोलीले गत वर्ष अवलोकन समेत गरेका थिए ।

२ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ पुरानै स्वरूपमा निर्माण गरिने दरबारको लागी यस वर्ष एक करोड १४ लाख रुपैयाँको लागतमा एस के कन्स्ट्रक्सन भक्तपुरले दरबारको निर्माण कार्य सुरु गरेको हो।  १५५० सालमा यशोब्रह शाहको पालामा निर्माण गरिएको लमजुङ दरबार १८२० मा पुनर्निर्माण गरिएको  थियो ।

त्यसपश्चात् १९९० को भूकम्प पश्चात् १०९२ मा जीर्णोद्धार गरिएको थियो ।’ लमजुङ दरबार २०४६ सालमा पुनर्निर्माण गरिएको हो । शाहवंशको सुरुवात लमजुङका यशोव्रह्म शाहको पालाबाट भएको मानिन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ११ : ३९ बजे

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको