‘दि डिपार्टेड डाउन’ भारतको थिएटर अवार्डको ४ विधामा मनोनयन « Khabarhub

‘दि डिपार्टेड डाउन’ भारतको थिएटर अवार्डको ४ विधामा मनोनयन


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विमल सुवेदीले निर्देशन गरेको हिन्दी नाटक ‘दि डिपार्टेड डाउन’ भारतको प्रतिष्ठित थिएटर अवार्ड ‘ महेन्द्रा एक्सेलेन्सी थिएटर अवार्ड’को ४ विधामा मनोनयनमा परेको छ । विमल सुवेदीकै लेखनसमेत रहेको नाटक उत्कृष्ट निर्देशन, संगीत, कोरियाग्राफी र लाइट गरी ४ विधामा मनोनयनमा परेको हो । विमल सुवेदी स्वयं पनि निर्देशन विधामा मनोनयनमा परेका छन् । 

भारतभर मञ्चन हुने नाटकहरूमध्ये उत्कृष्ट नाटकका विभिन्न विधालाई प्रदान गरिने यो अवार्डमा ‘दि डिपार्टेड डन’ ४ सय ९५ बाट छानिएर उत्कृष्ट १० मा परेको हो । यसरी छानिएका १० नाटक यही मार्चको २५ देखि २९ तारिखसम्म दिल्लीमा मञ्चन हुनेछन् । जबर्जस्ती आफ्नो जन्मथलो छाड्न बाध्य भएका नेपाली भाषी भुटानीको अवस्था चित्रण गर्ने नाटक सुवेदीले फिल्म बनाउने सिलसिलामा तयार गरेको जनाएका छन् । उनले ९ वर्षअघि फिल्म बनाउने सिलसिलामा यसको कथा तयार गरेको तर विविध कारणले फिल्म नबनेपछि यही कथालाई नाट्य रूपान्तरण गरेको उनको भनाइ छ । 

‘यो भुटानी शरणार्थीको कथा हो जो आफ्नो पुर्ख्यौली थलो छाड्न बाध्य भएर विश्वका धेरै देशमा पुगे । नाटकले घर बन्ने प्रक्रियादेखि बनेको घर भताभुङ्ग भएको अवस्थासम्मलाई अभिव्यक्त गर्ने प्रयास गरेको छ,’ विमलले भने । नाटककार सुवेदीले नेपाली कथा विश्व रङ्गमञ्चमा प्रस्तुत गर्ने आफ्नो उद्देश्य रहेको र आफूले लेखन तथा निर्देशन गरेको नाटक भारतभरका नाटकमध्ये उत्कृष्ट १० मा पर्नाले आफू त्यो अभियानमा एक कदम अघि बढेको महसुस भएको बताएका छन् । 

‘यो उपलब्धि समग्र नेपाल र नेपाली रंगमञ्चका लागि गर्वको विषय हो । नेपाली कथा विश्व घुम्नुपर्छ र हाम्रो दर्शनलाई आफ्नै हिसाबले अभिव्यक्त गर्नुपर्छ भन्ने मेरो मान्यता हो । यो नाटकको यात्राले मलाई त्यो मान्यतामा अडिग रहन प्रेरित गरेको छ,’ विमल भन्छन् ।  पर्फमिङ आर्टका विभिन्न विधामध्ये विश्वभर नै सिनेमाका विधामा प्रशस्त अवार्ड हुने गरेका छन् । तर नाटकमा भने यस्ता कार्यक्रम न्यून हुन्छन् । यसरी न्यून हुने प्रतियोगितामा नेपाली कथा अन्तिम प्रतिस्पर्धामा पुग्नु दुर्लभ अवसर भएको पनि उनको ठम्याइ छ ।

 सँगसँगै यो कथाले नेपाली भाषी भुटनिजको बोल्ने भएकोले यो नाटक अन्तर्रिष्टय मञ्चमा मञ्चन हुनुले यो समुदायको दबाइएको आवाजलाई अझ बुलन्द गर्नेछ । विमलले यो नाटक भारतको अखोका थिएटरका भिक्टर थाउडमसँग मिलेर तयार गरेका हुन् । 

नेपालको थिएटर भिलेज र भारतको अखोका थिएटर मिलेर तयार गरेको नाटकले सन् २०१९ मा सेरेनपिडिटी आर्टस् ग्रान्ट अवार्ड प्राप्त गरेको थियो । यो नाटक नयाँ दिल्लीमा २५ तारिखका दिन श्रीराम सेन्टरमा प्रदर्शन हुँदैछ ।  विमल सुवेदीको लेखन तथा निर्देशन रहेको नाटक ‘दि कन्फेसन’ केही दिनअघि मात्र नयाँ दिल्लीको नेसनल स्कुल अफ ड्रामाको हलमा मञ्चन भएको थियो । विमलले लेखन तथा निर्देशन गरेका नाटक नेपाल भारत, चीन, पाकिस्तान, थाइल्यान्डबाहेक बेलायत र युरोपका विभिन्न देशमा मञ्चन भइसकेका छन् ।

विमलले सन् २०१६ मा भारतमा अन थिएटर अवार्ड प्राप्त गरेका थिए । उनी यो अवार्ड पाउने कम उमेरका नाट्यकर्मी हुन् । उनले सन् २०२२ मा मलेसियामा  इन्टरनेसनल हेरिटेज अवार्ड पनि प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ४ : १३ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज