सिन्धु-हेलम्बु यातायातको अनियमितताबारे प्रशासनले बढायो चासो « Khabarhub

सिन्धु-हेलम्बु यातायातको अनियमितताबारे प्रशासनले बढायो चासो


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – जिल्लाको उत्तर पश्चिमी भेगमा सञ्चालित सिन्धु हेलम्बु यातायातले भाडादर असुलीमा अनियमितता गरेको जनगुनासो बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चासो बढाएको छ ।

प्रशासनले आज यातायात प्रालिका पदाधिकारी, उपभोक्ता, स्थानीय सरकारको प्रतिनिधि, सञ्चारकर्मी र सरोकारवालाहरूको संयुक्त भेला गराई मापदण्डविपरीत भाडा असुली गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको संयोजकत्वमा बसेको सर्वपक्षीय भेलाले हेलम्बु यातायात प्रालिले समस्याको समाधान गर्ने र त्यसको नियमन तथा कारबाहीका लागि सम्बन्धित ट्राफिक प्रहरीले गर्ने निर्णय गरेको छ ।

काठमाडौँदेखि मेलम्ची, हेलम्बु क्षेत्रलगायतको सिन्धुपाल्चोकको उत्तरी पश्चिमी भेगमा सञ्चालित यातायात कम्पनीले एक साताभित्र नै सार्वजनिक स्थलमा भाडादरको बोर्ड बनाई टाँस गर्ने र अनिवार्यरूपमा सबै सवारी साधनभित्र यात्रुले देखिने गरी भाडादर टाँस गर्ने व्यस्था गर्नुपर्ने पनि निर्णय गरेको छ ।

कोष नियन्त्रक शम्भुप्रसाद पोखरेल, प्रहरी निरीक्षक सञ्जीवकुमार यादव, ट्राफिक प्रहरी पोष्ट मेलम्चीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद ओली, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष जीवन श्रेष्ठ, रेडक्रस मन्त्री कमलचरण कक्षपति, उपभोक्ता हित संरक्षण मञ्चका संसार श्रेष्ठ, सिन्धु हेलम्बु यातायात प्रालिका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक कुमार श्रेष्ठ, आमा याङ्ग्रीका सचिव सुरेश श्रेष्ठ, हेलम्बु गाउँपालिका–२ का वडाध्यक्ष पेम्बा लामालगायतको उपस्थितिमा भएको छलफल कार्यक्रममा यात्रुबाहक गाडीले सामान ढुवानी गरेका पाइएमा कारबाही गर्ने र सहचालकलाई यात्रुहरूसँग मित्रवत् व्यवहार गर्न अभिमुखी कार्यक्रम र परिचयपत्रको समेत व्यवस्था कम्पनीले मिलाउनुपर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए ।

अधिकारी श्रेष्ठका अनुसार सुपर एक्सप्रेस मापदण्डका आधारमा सञ्चालन गर्न र मापदण्डविपरीत बढी भाडा असुल गरेको पाइएमा कारबाही हुनुका साथै प्रालि र स्थानीय सरकारको समन्वयमा बस स्टेशन, बस स्टप र यात्रु प्रतीक्षालय निर्माण गर्नेलगायतको निर्णय पनि भएको छ ।

पछिल्लो समय हेलम्बु यातायातले तोकेको भाडादरभन्दा बढी असुल्ने गरेको जनगुनासो बढ्न थालेपछि बढ्दो जनगुनोसोलाई सम्बोधन गर्न आज बैठक बसेको हो । यो बैठकले सकारात्मक सुधार आउने सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ८ : ४६ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल