ताप्लेजुङका विद्यालयमा पाठ्यपुस्तक पुग्यो « Khabarhub

ताप्लेजुङका विद्यालयमा पाठ्यपुस्तक पुग्यो


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङका आधा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अघिदेखि पाठ्यपुस्तक जान थालेसँगै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको हो ।

यस वर्ष समयमा नै सामुदायिक विद्यालयमा पुस्तक पुगेपछि शिक्षक, विद्यार्थी साथै अभिभावक हर्षित भएका छन् । कुनै बेला प्रथम त्रैमासिक परीक्षाको समयमा पाठ्यपुस्तक नपुगेर समस्या खेप्नुपर्ने अवस्था हुने गरेकोमा यो वर्ष समयमै पुस्तक विद्यालय–विद्यालय पुगेपछि विद्यार्थी, शिक्षक र अभिभावक खुसी भएको फक्ताङलुङ गाउँपालिका–६ महेन्द्र निम्न माध्यमिक विद्यालयका शिक्षक विवश केदेमले बताए ।

यस वर्ष अन्य जिल्लाभन्दा पहिले चैत २० गते नै ताप्लेजुङलाई पाठ्यपुस्तक उपलब्ध गराएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड विराटनगरले जनाएको छ । शैक्षिक सत्र सुरु हुनु अगावै जिल्लामा पाठ्यपुस्तक प्राप्त भएपछि सोहीअनुसार विद्यालयलाई बिक्री वितरण सुरु गरिएको जिल्लास्थित पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले जनाएको छ ।

ताप्लेजुङका दुर्गम तथा हिमाली क्षेत्र फक्ताङ्लुङ गाउँपालिकाका विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको महासङ्घका जिल्ला अध्यक्ष ज्ञानप्रसाद मिश्रले बताए । सिदिङ्वा गाउँपालिकाका विद्यालयले पाठ्यपुस्तक लगिसकेको अध्यक्ष मिश्रले जानकारी दिए । यसैगरी सदरमुकामस्थित फुङ्लिङ नगरपालिका, सिरिजङ्घा गाउँपालिका, पाथीभरा याङ्वरकलगायत पालिकाका विद्यालयमा पाठ्यपुस्तक पुग्न थालेको महासङ्घका जिल्ला उपाध्यक्ष केशवप्रसाद भट्टराईले जानकारी दिए ।

अन्तिम ९फाइनल० परीक्षा सम्पन्न भएपछि बिदा भएका अधिकांश विद्यालय आइतबारदेखि मात्र खुल्दै छन् । फुङ्लिङ नगरपालिका–४ अम्बिटारस्थित भानजन माध्यमिक विद्यालय आइतबारदेखि खुल्ने र सोही दिनदेखि नयाँ विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरणको कार्य सुरु गरिने प्रधानाध्यापक किशोरकुमार राईले बताए ।

प्रधानाध्यापक राईले यस वर्ष समयमै पुस्तक आएकाले समस्या नरहेको र विद्यालय खुलेसँगै विद्यार्थीले पुस्तक पाउने भएको बताउनुभयो । फुङलिङ नगरपालिका–८ दोखुस्थित शिवालय आधारभूत विद्यालयका प्रधानाध्यापक कमलप्रसाद भट्टराईले पनि यस वर्ष समयमै पाठ्यपुस्तक पाएको जानकारी दिए । आइतबारदेखि नै विद्यालय खुल्ने र विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्न थाल्ने भट्टराईले बताए ।

पाठ्यपुस्तक समयमा नपाउँदा विगतमा जस्तो विद्यालय सञ्चालन र पठनपाठन तथा शिक्षण सिकाइमा अवरोध हुँदै आएको अवस्थाको अन्त्य भएको शिक्षक बताउँछन् । ताप्लेजुङमा तीन सय ३५ सामुदायिक विद्यालय सञ्चालनमा छन् । केही विद्यालयले भने धमाधम पाठ्यपुस्तक गइरहेको व्यवसायी महासङ्घका अध्यक्ष मिश्रले जानकारी दिए।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १० : १८ बजे

अध्ययन बिदा सकिएर पनि नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र : पहिचान, सम्मान

झिक्कै झिक्कै माया तमलाई, आई लभ यु- बालेन !

२०८० सालको भदौ १६ गते, शनिबार। वालेन्द्र शाह काठमाडौँ महानगरका

एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

काठमाडौँ– नेपालको औषधि उत्पादन कम्पनी एम.डी.एच फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी