मुसहर टोलमा आगलागी हुँदा आठ घर जलेर नष्ट « Khabarhub

मुसहर टोलमा आगलागी हुँदा आठ घर जलेर नष्ट


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धरान – कोशी गाउँपालिका हरिपुर–७ वडास्थित मुसहरटोलमा भएको आगलागीबाट आठ घर जलेर नष्ट भएका छन् ।

आज दिउँसो भएको आगलागीबाट स्थानीयवासीको लत्ताकपडा, भाँडाकुँडा र भएका अन्न जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट घर जलेर नष्ट भएपछि आठ घरका ३४ परिवार विस्थापित भएको नेकपा (एमाले) कोशी गाउँ कमिटीका अध्यक्ष रामखेलन साहले जानकारी दिए ।

उनका अनुसार हरेराम सदाका चार, शिवनारायण सदाका पाँच, जगदीश सदाका छ, दिनेश सदाका तीन, सुनिता सदाका तीन, चन्द्रदेव सदाका तीन, बेचन सदाका छ र सुरज सदा चार सदस्यीय परिवार आगलागीबाट विस्थापित भएका छन् । उनीहरूलाई आजको रात काट्न त्रिपाल र भुजा चिउराको व्यवस्था गरिएको अध्यक्ष साहले जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १० : ३७ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम